ताजा समाचार

सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने

सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने
Global IME Bank

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस)’ प्रणाली सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म आरटिजीएस प्रणाली सञ्चालन हुने जनाएको हो ।

सरकारले छठ पर्वका अवसरमा पर्सी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटिजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।  रासस

Sajilo Visa
easy care