फोन चोरी भएको खण्डमा डाटा सुरक्षित गर्न सजिलो बनाउँदै गुगल

  • Technology Khabar | २४ आश्विन २०८१, बिहीबार
फोन चोरी भएको खण्डमा डाटा सुरक्षित गर्न सजिलो बनाउँदै गुगल

काठमाडौं ।

थेफ्ट डिटेक्शन लक, अफलाइन डिभाइस लक र रिमोट लक जस्ता एन्टी–थेफ्ट फङ्गसनेलिटिहरू थप गदैै गुगलले कथित रूपमा केहि एन्ड्रोइड फोनहरूमा फिचर अपडेट धकेलिरहेको जनाइएको छ। यद्यपि त्यस मध्ये रिमोट लक भने नयाँ नभएको र धेरै एन्ड्रोइड प्रयोगकर्ताहरूले पहिले नै प्राप्त गरिसकेको जनाइएको छ। थेफ्ट डिटेक्शन लक र अफलाइन डिभाइस लक भने गत मे महिनामा घोषणा गरिएका एकदम नयाँ फङ्गसनेलिटिहरू भएको र जसले डाटा सुरक्षा बढाउँछन् भनि थप उल्लेख गरिएको छ।

यी मध्ये थेफ्ट डिटेक्शन लक सबै भन्दा राम्रो भएको जनाइएको छ। यसले थेफ्ट (चोरी)सँग सम्बन्धित सामान्य मोसन (गतिहरू) पत्ता लगाउन एआई र डिभाइसको सेन्सरहरू प्रयोग गर्ने जनाइएको छ। उदाहरणका लागि, यदि कसैले तपाईंको हातबाट फोन तानेर भागेको खण्डमा यसले मोसन (गतिहरू) पत्ता लगाउन सक्नेछ। साथै यसले बाइक वा कारसँग सम्बन्धित गतिहरू पनि पत्ता लगाउन सक्ने थप उल्लेख गरिएको छ। फोनले स्वचालित रूपमा लक गरेर तपाइँको एप्स र डाटामा सबै पहुँच ब्लक गर्ने जनाइएको छ।

अर्कोतर्फ, अफलाइन डिभाइस लकले भने जब चोरले तपाईंको फोन लामो समयसम्म डिसकनेक्टेड राख्ने प्रयास गरेको खण्डमा यसले तपाईंको डिभाइस लक गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी रिमोट लकले तपाईँलाई यदि फाइण्ड माई डिभाइस बन्द भएको वा तपाईँ यसलाई आफैं गर्नको लागि तपाईँको गुगल एकाउण्टमा लग इन गर्न नसकेको अवस्थामा तपार्इँले केवल आफ्नो फोन नम्बर प्रयोग गरेर टाढाबाट आफ्नो फोन लक गर्न अनुमति दिने जनाइएको छ।

गुगलले नयाँ फिचरहरू कुन फोनहरूमा सीड गरिरहेको छ भन्ने बारेमा भने अझै पनि स्पष्टता नभएको उल्लेख गरिएको छ। यद्यपि गुगल प्ले सर्भिसको नवीनतम संस्करणबाट छ कि छैन भनेर जाँच गर्न सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २४ आश्विन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...