शाओमीले सेप्टेम्बरमा थप १० हजार गाडीहरू डेलिभर गर्यो

  • Technology Khabar | १७ आश्विन २०८१, बिहीबार
शाओमीले सेप्टेम्बरमा थप १० हजार गाडीहरू डेलिभर गर्यो

काठमाडौं ।

शाओमीले सेप्टेम्बरमा १० हजार एसयू७ गाडीहरू डेलिभर गरेको घोषणा गरेको छ। यस डेलिभरको साथ कम्पनी लगातार चौथो महिना आफ्नो लक्ष्यमा पुग्न सफल भएको उल्लेख गरिएको छ।

यद्यपि कम्पनीले सही आँकडा भने खुलासा नगरेको र केवल १० हजार थ्रेसहोल्ड नाघेको पुष्टि गरेको जनाइएको छ।

शाओमीको सन् २०२४ मा मूल लक्ष्य भनेको १ लाख एसयू७ मोडेलहरू डेलिभर गर्ने रहेको जनाइएको छ। साथै कार निर्माताले उत्पादनलाई निरन्तरता दिन सकेको खण्डमा यो सम्भवतः अक्टोबरको अन्त्य वा नोभेम्बर सम्ममा हासिल हुने उल्लेख गरिएको छ।

त्यसैगरी कम्पनीले हालै १ लाख २० हजार डेलिभरीको साथ लक्ष्य अपडेट गरेको र यसले अक्टोबरमा २० हजारभन्दा बढी सवारी साधनहरू डेलिभरी गर्ने अपेक्षा गरेको जनाइएको छ।

कम्पनीले उत्पादन बढाउन धेरै प्रयास गरिसकेको जनाइएको छ भने हालको प्रोडक्सन अप्टिमाइजेसनले प्रभाव पारेको देखिन्छ भनि थप उल्लेख गरिएको छ।

यसबाहेक कम्पनीले आफ्नो अर्को मोडेल अनावरण गर्ने योजना बनाएको र जुन अनिवार्य रूपमा एसयूभी फर्म फ्याक्टरमा एसयू७ हुने भर्खरको स्पाई शटहरूले सुझाव दिएको एरिनाईभीले उल्लेख गरेको छ।

प्रकाशित: १७ आश्विन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...