काठमाडौं ।
बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले शाओमी नेपालले २ सय थान आवश्यक घरायसी सामग्री सहयोग गरेको छ।
बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले शाओमी नेपालले राहतस्वरूप आवश्यक भान्साका सामग्रीसहित सहयोग गरेको हो।
‘शाओमी फर कम्युनिटी’ अन्तर्गत २ सय ओटा राहत सामग्रीका थान काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरिएको हो।
कम्पनीका अनुसार प्रत्येक थानमा १ वटा प्रेसर कुकर, १ वटा कराइ, ५ वटा प्लेट, ५ वटा चम्चा, ६ वटा कप, ५ वटा कचौरा र १ वटा थर्मस बोतल समावेश गरिएको छ।
‘दैनिक जीवनको पुनर्निर्माणमा सहयोगी हात’ भन्ने भावनाका साथ गरिएको यस सहयोगले बाढीपहिरोबाट प्रभावित परिवारलाई पूनः सामान्य जीवनतर्फ फर्किने क्रममा केही राहत र सहजता प्रदान गर्ने विश्वास शाओमी नेपालले लिएको छ।
शाओमी नेपालले यसअघि पनि भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको थियो।
प्रकाशित: २ आश्विन २०८३, शुक्रबार