अनर प्याड एक्स८ए नाडाल किड्स एडिसन भारतमा लन्च, ट्याब्लेटमा ११ इन्च ९०हर्ज डिस्प्ले र स्न्यापड्रगन ६८० समावेश

Technology Khabar १६ आश्विन २०८१, बुधबार

काठमाडौं ।

अनरले भारतमा प्याड एक्स८ए नाडाल किड्स एडिसन लन्च गरेको छ। यो नयाँ ट्याब्लेट अनर प्याड एक्स८ए को बालमैत्री संस्करण भएको उल्लेख गरिएको छ।

यो ट्याब्लेटमा प्यारेन्टल कन्ट्रोल र लर्निङ्ग–फोकस्ड फिचरहरूको साथ एउटा टिकाऊ र बाल सुरक्षायुक्त डिजाइन रहेको छ। साथै बच्चाहरूको लागि सुरक्षित र बहुमुखी ट्याब्लेट खोज्ने परिवारहरूको लागि यो नयाँ ट्याब्लेट उल्लेखनीय हुने उल्लेख गरिएको छ।

अनर प्याड एक्स८ए नाडाल किड्स एडिसनको स्पेसिफिकेसनः
अनर प्याड एक्स८ए नाडाल किड्स एडिसनले आफ्नो नियमित संस्करणबाट धेरै स्पेसिफिकेसनहरू कायम राखेका जनाइएको छ। यस ट्याब्लेटमा १९२०×१२०० पिक्सेलको रेजोल्युसन र १६.७ मिलियन कलर ग्यामट सहितको ११ इन्चको ९०हर्ज डिस्प्ले रहेको जनाइएको छ।

ट्याब्लेटमा रहेको स्क्रिनले ४०० निट्सको पिक ब्राइटनेस र २०७ पीपीआई को पिक्सेल डेन्सिटि प्रदान गर्दै जीवन्त रंगहरु  र स्पष्ट दृश्यहरू प्रदान गर्ने उल्लेख गरिएको छ।

साथै यसले बालबालिकाको आँखाको लागि आराम सुनिश्चित गर्दै लो ब्लू लाइट र फ्लिकर–रहित प्रयोगको लागि टीयूभी राइनल्याण्ड सर्टिफिकेसन पाएको थप उल्लेख गरिएको छ।

स्न्यापड्रगन ६८० फोरजी प्रोसेसरद्वारा सञ्चालित यो ट्याब्लेट ६४जीबी र १२८जीबी गरी दुई स्टोरेज अप्सनहरूमा उपलब्ध भएको उल्लेख गरिएको छ। साथै डिभाइसमा अगाडि र पछाडि दुवै ५ मेगापिक्सेलको क्यामराहरू पनि समावेश गरिएका छन्।

त्यसैगरी ट्याब्लेटमा चारवटा स्पिकरहरू रहेका छन् जसले अनर हिस्टेन ध्वनि समर्थन गर्ने जनाइएको छ। यो डिभाइस एन्ड्रोइड १४ मा आधारित म्याजिक ओएस ८.० मा चल्ने जनाइएको छ भने ब्याकग्राउन्डमा सिमलेस एप पर्फमेन्स सुनिश्चित गर्दै र्याम टर्बो एक्स सँग स्मुथ मल्टिटास्किङ प्रदान गर्ने उल्लेख गरिएको छ।

त्यसका साथै यो ट्याब्लेटले इनह्यान्स्ड प्रोडक्टिभिटिको लागि मल्टि–विन्डो फङ्गसनालिटिलाई पनि समर्थन गर्दै प्रयोगकर्ताहरूलाई एकै साथ धेरै एपहरूमा काम गर्न सक्षम पार्ने थप उल्लेख गरिएको छ।

प्याड एक्स८ए नाडाल किड्स एडिसनमा ८३०० एमएएच ब्याट्री समावेश गरिएको छ जसले १४ घन्टासम्म कार्टुन प्लेब्याक र ५६ दिनको स्ट्यान्डबाइ प्रदान गर्ने जनाइएको छ। त्यसैले यस ब्याट्रीले सिकाइ सत्र वा प्लेटाइमको समयमा निर्बाध प्रयोग सुनिश्चित गर्ने थप उल्लेख गरिएको छ।

बालबालिकाको हितलाई ध्यानमा राखेर यो ट्याब्लेट डिजाइन गरिएको बताइएको छ। यसले भर्सट्यालिटिको स्केचिङ्ग, ह्यान्डल र भिडियो गरी तीनवटा मोडहरू प्रदान गर्दै शकप्रूफ, फूड–ग्रेड सिलिकन केस फिचर गर्दछ।

यसमा रचनात्मक गतिविधिहरूको लागि डूडल पेन पनि समावेश गरिएको छ भने अभिभावकीय सुपरिवेक्षण र कन्टेन्ट (सामग्री) व्यवस्थापनको लागि गुगल किड्स स्पेस, अनर नोट्स र फ्यामिली लिङ्कसँग पूर्व–लोड भएर आउने थप उल्लेख गरिएको छ।

त्यसैगरी यसमा आई कम्फर्ट मोड र एम्बियन्ट लाइट केयर जस्ता आई कम्फर्ट फिचर (आँखा–आराम सुविधाहरू) पनि आउने जनाइएको छ। साथै यस फिचरहरूले ब्लू लाइट (नीलो प्रकाश) को जोखिम र आँखाको तनाव कम गर्ने छ।

मूल्य निर्धारण र उपलब्धता
अनर प्याड एक्स८ए नाडाल किड्स एडिसन यसको मूल मूल्य १३,९९९ (१६७अमेरिका डलर) भा.रु.बाट घटाइएको र अब विशेष लन्च मूल्य १०,९९९ भा.रु. (१३१अमेरिका डलर) मा उपलब्ध रहेको जनाइएको छ।

यो ट्याब्लेट ६४जीबी र १२८जीबी स्टोरेज अप्सन (भण्डारण विकल्प) हरूमा आएको जनाइएको छ भने प्रमुख रिटेल आउटलेटहरूका साथै अनलाइन प्लेटफर्महरू मार्फत उपलब्ध भएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १६ आश्विन २०८१, बुधबार

तपाइको प्रतिक्रिया