भदौ महिनामा भित्रियो ३ अर्ब ८२ करोडमाथिको चारपाङ्ग्रे विद्युतीय गाडी

Technology Khabar ९ आश्विन २०८१, बुधबार

काठमाडौं ।

भदौ महिनाभरमा नेपालमा ३ अर्ब ८२ करोड रुपैयाँ हाराहारीको १ हजार ६०२ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सावारी साधनलाई समावेश गरिएको छैन।

चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो महिना भदौभर नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ रहेको छ।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनीगरी विश्वका तीन देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५० किलोवाटसम्म३६१७१, ९५, २०, ०००
कार, जीप र भ्यानभारत५० किलोवाटसम्म१९९३२, ६६, ४८, ०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५१ देखि १०० किलोवाटसम्म६६२१, ८७, २७, ५०, ०००
कार, जीप र भ्यानभारत५१ देखि १०० किलोवाटसम्म२७६५५, ९३, ७५, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन१०१ देखि २०० किलोवाटसम्म९८३१, ८१, ७८, ०००
कार, जीप र भ्यानसं. रा. अमेरिका१०१ देखि २०० किलोवाटसम्म४१, १४, ०००

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन२०१ देखि ३०० किलोवाटसम्म९९, ७०, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानजर्मनी२०१ देखि ३०० किलोवाटसम्म८५, १२, ०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन ३०० किलोवाटदेखि माथि८३, २३, ०००

प्रकाशित: ९ आश्विन २०८१, बुधबार

तपाइको प्रतिक्रिया