Technology Khabar १५ भाद्र २०८१, शनिबार
काठमाडौं ।
गुगलले एक महिना लामो अन्तरालपछि आफ्नो ‘जेमिनी एप’ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इमेज जेनेरेशन मोडल अपडेट भएको घोषणा गरेको छ।
गुगल जेमिनी एप एआई सहायक प्रविधि हो। यसले रचनात्मकता र उत्पादकतालाई सुपरचार्ज गर्न मद्दत गर्ने सक्नेछ। यो आधिकारिक अनुप्रयोग निःशुल्क छ।
गुगलले यस वर्षको सुरुमा उक्त सुविधा रोकेको थियो । यो एआई ‘टेक्स्ट–टू–इमेज जेनेरेटर इमेजेन–३’ उन्नत मोडेलमा सर्ने गुगलले पुष्टि गरेको छ । यो गत मेमा विकासकर्ता सम्मेलनमा पहिलो पटक घोषणा गरिएको थियो।
अपडेट गरिएको उक्त संस्करणमा ‘फोटोरियलिस्टिक ल्यान्डस्केप’ र टेक्स्ट कमाण्डहरू मार्फत चित्रहरू सिर्जना गर्ने क्षमता पनि समावेश छ।
फोटोरियलिस्टिक ल्यान्डस्केप एक प्रक्रिया हो, जसमा–३ डी मोडेलहरूबाट छविहरू विकास गर्न सकिन्छ। रासस/क्यूएनए
प्रकाशित: १५ भाद्र २०८१, शनिबार