महानगरपालिकाको कल सेन्टरलाई क्षमता विकास गरेर प्रभावकारी बनाइने

  • Technology Khabar | १२ भाद्र २०८१, बुधबार
महानगरपालिकाको कल सेन्टरलाई क्षमता विकास गरेर प्रभावकारी बनाइने

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाको कल सेन्टरलाई क्षमता विकास गरेर अझ प्रभावकारी बनाइने प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताएका छन।

राष्ट्रिय सभा गृहबाट सञ्चालन भएको सेन्टरलाई प्रविधिमैत्री बनाउने, गुनासो सुन्ने तथा सम्बोधन गर्ने अधिकारीहरुलाई सक्रिय बनाइने, गुनासो व्यवस्थापन गर्ने प्रक्रियाको ट्र्याकिङ् गर्ने, प्रणालीलाई अपाङ्गता भएका व्यक्तिहरुको पहुँच योग्य बनाउने, सम्पर्क गर्दा नम्बर व्यस्त नहुने बनाउने (एक ठाउँमा व्यस्त भए अर्को ठाउँमा स्वतः उठ्न सक्ने), अडियो रेकर्ड मात्र पठाउन पनि मिल्ने जस्ता विशेषता बढाउन उहाँले सूचना प्रविधि विभागलाई निर्देशन दिए।

सेन्टरमा काम गर्ने अधिकारीहरुसँग भएका समस्याका विषयमा जानकारी लिँदै उनले भने, ‘आन्तरिक समस्यालाई तत्काल समाधान गरेर सेवा थप सशक्त बनाउनु पर्छ। गुनासो टिपाउन कसैलाई झन्झट नहोस् । गुनासो गरेपछि त्यसको सुनुवाई कसरी भइरहेको छ, यसको जानकारी गुनासोकर्तालाई स्वतः अद्यावधिक होस्। यस्तो प्रणाली विकास गरेर गुनासोकर्ताले गुनासो सम्बोधन भएको महसुस गराउन सक्ने हुनुपर्छ।’

सेन्टरमा आउने गरेका गुनासाका प्रकृति, त्यसको सुनुवाई प्रक्रियामा विभागको सक्रियता, गुनासो कम सुन्ने विभागसँग सम्बन्धित गुनासा, प्राप्त भएको धेरै गुनासाहरुको प्रकृतिका विषयमा जानकारी लिइएको थियो।

सेन्टरमा आउने गरेका गुनासाका प्रकृति, त्यसको सुनुवाई प्रक्रियामा विभागको सक्रियता, गुनासो कम सुन्ने विभागसँग सम्बन्धित गुनासा, प्राप्त भएको धेरै गुनासाहरुको प्रकृतिका विषयमा जानकारी लिइएको थियो।

सेन्टरका प्रमुख भरतकुमार पोखरेलले अवस्थाका विषयमा जानकारी दिँदै टेलिफोनमा आएका गुनासमध्ये १० प्रतिशत दर्ता योग्य हुने बताए। बाँकी जानकारी माग गर्ने खालका आउने गरेका छन्।

अनुगमनका क्रममा सेन्टरका प्रमुख पोखरेलले, अहिलेको प्रणालीलाई अत्याधुनिक सेवामा रुपान्तरण अपरिहार्य भएको बताए।

प्रकाशित: १२ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार