अपडेट गरिएको चिपसेटसहितको एचएमडी आर्क २ को घोषणा

  • Technology Khabar | २६ असार २०८३, शुक्रबार
अपडेट गरिएको चिपसेटसहितको एचएमडी आर्क २ को घोषणा
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एचएमडीले चुपचाप आफ्नो एचएमडी आर्कको उत्तराधिकारीको घोषणा गरेको छ। तर नयाँ नाम र पेन्ट (रङ) बाहेक डिभाइसले धेरै उल्लेखनीय अपग्रेडहरू नल्याएको उल्लेख गरिएको छ।

आर्क २ ले अझै पनि एन्ड्रोइड १४ गो बुट गर्दछ भने एचडीप्लस रिजोल्युसन र ६० हर्ज रिफ्रेस रेटको साथ ६.५२–इन्च आईपीएस एलसीडी समावेश गरिएको छ।

यो फोनमा युनिसोक टी६०३ चिप समावेश गरिएको छ र यो पहिलो पुस्ताको एचएमडी आर्कको युनिसोक एससी९८६३ए को अधिक सक्षम संशोधन चिप भएको उल्लेख गरिएको छ।

टी६०३ अधिक कुशल १२एनएम प्रक्रियामा निर्मित चिप भएको र १.८ गिगाहर्जको अधिकतम क्लक स्पिड सुविधा प्रदान गर्दछ। फोनमा ४ जीबी र्याम र ६४/१२८ जीबी स्टोरेज समावेश गरिएको छ भने एसडी कार्ड स्लट पनि उपलब्ध रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

फोनको पछाडि एउटा मात्र सिङ्गल १३ मेगापिक्सेल क्यामरा रहेको छ भने अगाडिको भागमा वाटरड्रप नोच भित्र राखिएको ५ मेगापिक्सेल सेल्फी शूटर छ। आर्क २ ले १० वाट चार्जिङको साथ ५,००० एमएएच ब्याट्री प्रदान गर्दछ भने फोनमा यूएसबी–सी पोर्ट र ३.५ एमएम हेडफोन ज्याक पनि रहेको छ।

एचएमडी आर्क २ गाढा नीलो र गोल्डेन बेज रङ्गहरूमा उपलब्ध हुनेछ। यो फोनको मूल्य थाइल्याण्डमा २,९९० थाई भाट (९० अमेरिकी डलर/७८ यूरो) कायम गरिएको छ।

प्रकाशित: २६ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...