इनड्राइभ नेपालद्वारा ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक, १ लाखभन्दा बढी इनड्राइभ चालकहरूसम्म पुर्याउने लक्ष्य

  • Technology Khabar | २५ असार २०८३, बिहीबार
इनड्राइभ नेपालद्वारा ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक, १ लाखभन्दा बढी इनड्राइभ चालकहरूसम्म पुर्याउने लक्ष्य

काठमाडौं ।

इनड्राइभले नेपालमा सुरक्षित यात्रालाई थप सुदृढ बनाउने उद्देश्यका साथ ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक गरेको छ।

मोबाइलमै सहज रूपमा अध्ययन गर्न मिल्ने गरी तयार गरिएको यो संरचित तालिम कार्यक्रमले ड्राइभर पार्टनरहरूलाई सडकमा तथा प्रत्येक यात्रामा सुरक्षित रूपमा अघि बढ्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्ने लक्ष्य लिएको छ।

सेफ ड्राइभिङ अनलाइन कोर्स हाल सञ्चालनमा आइसकेको छ भने धेरै चालकहरूले कोर्स पूरा गरिसकेका छन्। यो कोर्स नेपालभरिका १ लाखभन्दा बढी इनड्राइभ चालकहरूसम्म पुर्याउने लक्ष्य राखिएको छ।

इनड्राइभ नेपालले यो कोर्स छोटो, व्यावहारिक र सजिलै पहुँचयोग्य बनाएको छ। करिब २० मिनेटमै पूरा गर्न सकिने यो कोर्स चालकहरूको समय र व्यस्ततालाई मध्यनजर गर्दै डिजाइन गरिएको हो।

संस्थाका अनुसार सेफ ड्राइभिङ अनलाइन कोर्सलाई तीनवटा मुख्य मोड्युलमा विभाजन गरिएको छ। प्रत्येक मोड्युलमा पाँच मिनेटको शैक्षिक भिडियो र पाँचवटा बुझाइसम्बन्धी प्रश्नहरू समावेश छन्। जसले सिकाइलाई सरल, केन्द्रित र प्रभावकारी बनाउँछ।

सेफ ड्राइभिङ अनलाइन कोर्स पूरा भएको प्रमाणपत्र प्राप्त गर्न चालकहरूले सबै मोड्युलका प्रश्नहरूमा कम्तीमा ८० प्रतिशत सही उत्तर दिनुपर्नेछ। पहिलो प्रयासमा पास नभए पनि चालकहरूले कुनै सीमाविना पुनः क्विज दिन सक्नेछन्।

इनड्राइभका लागि चालक पार्टनर र यात्रुको सुरक्षा केवल अतिरिक्त विषय होइन, प्लेटफर्मको सञ्चालन मूल्यको मुख्य आधार हो। यो कोर्सले चालकहरूको हित र सुरक्षाप्रति इनड्राइभको प्रत्यक्ष प्रतिबद्धता झल्काउँछ। जसअन्तर्गत प्लेटफर्ममा रहेका प्रत्येक चालकलाई चालक तथा यात्रु दुवैको सुरक्षाका लागि व्यावहारिक र प्रमाणमा आधारित सुरक्षा तालिममा पहुँच उपलब्ध गराइन्छ।

‘हामी हाम्रा चालकहरूलाई एप प्रयोग गर्दा मात्र होइन, सडकमा आइपर्न सक्ने हरेक परिस्थितिमा आत्मविश्वासी, तयार र सहयोग प्राप्त भएको महसुस गराउन चाहन्छौं,’ इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनिता जीमी राईले भनिन्, ‘यो कोर्स केवल नियम पालना गर्नका लागि मात्र होइन । यो हाम्रा ड्राइभर पार्टनरहरूलाई चालक र यात्रु दुवैको सुरक्षाका लागि वास्तविक रूपमा प्रयोग गर्न सकिने उपकरण र ज्ञान प्रदान गर्ने पहल हो।’

प्रकाशित: २५ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

EU moves closer to kicking kids off social media

  • Technology Khabar
  • २५ असार २०८३, बिहीबार