एक महिनामा भित्रियो ६ करोडभन्दा बढीको ईभी चार्जर

  • Technology Khabar | १३ भाद्र २०८१, बिहीबार
एक महिनामा भित्रियो ६ करोडभन्दा बढीको ईभी चार्जर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात् साउन भरिमा नेपालमा ६ करोड २२ लाख ८१ हजार रुपैयाँ बराबरका विद्युतीय गाडी चार्ज गर्नका लागि प्रयोग हुने फ्लाट चार्जरहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ३ देशहरुबाट उक्त मूल्य बराबरका ७ हजार ६५९ थान यस्ता फ्लाट चार्जरहरु आयात गरेको हो।

यी परिमाणमा फ्लाट चार्जरहरु आयातवापत् सरकारले १ करोड ५१ लाख ६५ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ। यसरी आयात भएका फ्लाट चार्जरहरु एसी र डीसी (अल्टरनेटिङ करेन्ट/डाइरेक्ट करेन्ट) दुवै वर्गका रहेका तथ्याङ्कमा उल्लेख छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट ५ करोड ६९ लाख ५८ हजार बराबरको ३ हजार २२३ थान तथा भारतबाट ५३ लाख १७ हजार बराबरको ४ हजार ४ सय १ थान फ्लाट चार्जरहरु आएको छ। यस्तै संयुक्त राज्य अमेरिकाबाट ५ हजार बराबरकका १८ थान फ्लाट चार्जरहरु भित्रिएका पाइएको छ।

यस्तो छ तथ्याङ्क

क्र.स. देश विवरण परिमाण रकम
चीन विद्युतीय सवारीका लागि एसी/डीसी फास्ट चार्जर ३, २२३ ५, ६९, ५८, ०००
भारत विद्युतीय सवारीका लागि एसी/डीसी फास्ट चार्जर ५, ३१७ ४४, १८, ०००
संयुक्त राज्य अमेरिक विद्युतीय सवारीका लागि एसी/डीसी फास्ट चार्जर १८ ५,०००
जम्मा विद्युतीय सवारीका लागि एसी/डीसी फास्ट चार्जर ७,६५९ ६, २२, ८१, ०००

प्रकाशित: १३ भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार