काठमाडौं ।
नेपाल टेलिकमले अटम अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ। कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याएको हो।
नेपाल टेलिकमका विभिन्न डाटा तथा कम्बो प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ। अल नेट भ्वाइस प्याक अन्तर्गत रु. ३५, ४९, ९८, १८९ र २९९ मा १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याक उपलब्ध हुनेछन्। यी प्याकहरुको समयावधि क्रमशः १, ३, ७, ३० र ३० दिन हुनेछ।
सजिलो अनलिमिटेड अन्तर्गत ६९९ मा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० अल नेट एसएमएस प्रयोग गर्न सकिने छ। त्यसैगरी १,४९९ मा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० अल नेट एसएमएस प्रयोग गर्न सकिने छ।
पोस्टपेड प्रयोगकर्ताहरुले ३७३ रेन्टल चार्जमै उपलब्ध हुने विभिन्न प्रकारका भ्वाइस र डाटा प्याकका साथै अन्य विभिन्न प्रकारका कम्बो प्याक प्रयोग गर्न सक्ने छन्।
कम्पनीका अनुसार भ्वाइस र डाटा प्याकेजमा अन्य विभिन्न आकर्षक प्याकेजहरु समेत उपलब्ध रहेका छन्। त्यसैगरी बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक आदि समेत उपलब्ध छन्। फरक क्षमता भएका व्यक्तिहरुका लागि समेत छुट्टै प्याकेज उपलब्ध रहेको छ।
अटम अफर २०८३ हिजो असोज २६ देखि लागु भएको छ। ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर तथा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने छ।
प्रकाशित: २७ आश्विन २०८३, मंगलवार