सामाजिक सञ्जालमा भिडियो आएपछि सरकारी सवारीसाधन दुरुपयोग गर्ने व्यक्ति पक्राऊ

  • Technology Khabar | २७ आश्विन २०८३, मंगलवार
सामाजिक सञ्जालमा भिडियो आएपछि सरकारी सवारीसाधन दुरुपयोग गर्ने व्यक्ति पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राऊ परेका छन्।

सार्वजनिक बिदाको दिन (शनिबार), असोज २४ गते सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उनी पक्राऊ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा सापकोटालाई असोज २५ गते पक्राऊ गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा उपस्थित गराइएको बताए।

सापकोटालाई जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको विष्ट जानकारी दिए। उनका अनुसार सापकोटामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइनेछ।-रासस

प्रकाशित: २७ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार