ताजा समाचार

इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध, १ लाखसम्मको बीमा सुरक्षा

इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध, १ लाखसम्मको बीमा सुरक्षा
Global IME Bank

इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान एन्ड केयर’ बीमा योजना अब इसेवामार्फत सजिलै किन्न सकिने भएको छ।

डिजिटल माध्यमबाट सर्वसाधारणसम्म बीमा सेवाको पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ दुई कम्पनीबिच इसेवाबाटै सजिलै उक्त बीमा खरिद गर्न सकिने साझेदारी भएको हो।

यस साझेदारीअन्तर्गत इसेवाका ग्राहकले स्क्यान एन्ड केयर टर्म लाइफ इन्स्योरेन्स र सन मेडिकेयर गरी कुल १ लाखसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्। योजनाअनुसार टर्म लाइफ इन्स्योरेन्सतर्फ ५० हजार र सन मेडिकेयर (स्वास्थ्य बीमा) तर्फ ५० हजारसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्ने इसेवाले जनाएको छ।

१८ देखि ६० वर्ष उमेर समूहका योग्य व्यक्तिहरूले इसेवा एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै यो योजना खरिद गर्न सक्नेछन्। उमेर र बीमा सुरक्षाका आधारमा यस योजनाको वार्षिक बीमाशुल्क ७६० देखि १,४०५ सम्म तोकिएको छ।

सन नेपाल लाइफले आफ्ना शाखा कार्यालय र अभिकर्ताहरूमार्फत उपलब्ध गराउँदै आएको ‘स्क्यान एन्ड केयर’ योजनालाई डिजिटल माध्यमसँग जोडी सर्वसाधारण नागरिकसम्म बीमाको सहज, द्रुत र प्रविधिमैत्री पहुँच पुर्‍याउने उद्देश्यका साथ दुई कम्पनीबिच साझेदारी गरिएको हो।

Sajilo Visa
easy care