अमेरिकाको पुनरावेदन अदालतले ब्युँतायो गुगलविरुद्ध परेको क्लास एक्शन मुद्दा

Technology Khabar ७ भाद्र २०८१, शुक्रबार

काठमाडौं ।

एक अमेरिकी पुनरावेदन अदालतले गुगलले क्रोम प्रयोगकर्ताहरूले हालेको पुनरुत्थान मुद्दाको सामना गर्नुपर्ने बताएको छ। ती प्रयोगकर्ताले आफ्नो अनुमति बिना गुगलले उनीहरूको व्यक्तिगत जानकारी सङ्कलन गरेको आरोप लगाएका छन्।

मुद्दा हाल्नुअघि ती प्रयोगकर्ताले आफ्नो गुगल एकाउन्टलाई ब्राउजरसँग सिङ्क्रोनाइज नगर्ने निर्णय गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

सान फ्रान्सिस्कोमा रहेको नाइन्थ यूएस सर्किट कोर्ट अफ अपीलले यसअघि उक्त प्रस्तावित क्लास एक्शन मुद्दा रद्द गरेका तल्लो अदालतका न्यायाधीशलाई क्रोम प्रयोगकर्ताहरूले अनलाइन ब्राउज गर्दा गुगललाई उनीहरूको डाटा सङ्कलन गर्न दिन सहमत भए कि भएनन् भनेर मूल्याङ्कन गर्नुपर्ने बताएको छ।

गत मंगलबारको ३-० आएको फैसला यसअघि अल्फाबेट समूहले गुगलको इन्कग्निटो मोडलगायत प्राइभेट तरिकाले ब्राउज गरिरहेका प्रयोगकर्ताको डाटा पनि ट्र्याक गरेको दावी गर्दै परेको मुद्दा सुल्झाउनका लागि गुगलले गत वर्ष अर्बौं रेकर्डहरु नष्ट गर्न सहमत भएको नजीरमा आधारित भएर आएको बताइएको छ।

यससम्बन्धमा गुगलले एक विज्ञप्तिमा भनेको छ, ‘हामी यो फैसलामा सहमत छैनौं यसबारेको तथ्य हाम्रो पक्षमा रहेको कुरामा विश्वस्त छौं। क्रोम सिंकले प्रयोगकर्तालाई आफ्ना फरक फरक डिभाइसमा सजिलै क्रोम चलाउन सहयोग गर्छ र यसका स्पष्ट गोपनीयता नीतिहरु छन्।’

उजुरीकर्तातर्फका वकिल म्याथ्यु वेज्लरले आफु मंगलबारको फैसलाबाट खुसी भएको र अब यसको सुनुवाईको प्रतीक्षामा रहेको बताएका छन्। उक्त प्रस्तावित क्लास एक्शन मुद्दामा सन् २०१६ को जुलाईदेखि गुगल एकाउन्टमा सिंक नगरेका क्रोम प्रयोगकर्ता समेट्ने बताइएको छ।

प्रकाशित: ७ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया