डिजिटल वालेट’आइएमई पे’ ले पायो ‘सिसा पिसिआई डीएसएस-४.० प्रमाणीकरण

  • Technology Khabar | २५ श्रावण २०८१, शुक्रबार
डिजिटल वालेट’आइएमई पे’ ले पायो ‘सिसा पिसिआई डीएसएस-४.० प्रमाणीकरण

काठमाडौं ।

आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गतको डिजिटल भुक्तानी प्लेटफर्म “आइएमई पे”ले हालै ‘सिसा पिसिआई डीएसएस-४.० प्रमाणीकरण प्राप्त गरेको छ ।

यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसिआई डीएसएस-४.० प्राप्त गर्ने संस्था हुनुको साथै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीको दावी छ।

आफ्नो स्थापनाकाल देखिनै सेवाग्राहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिने र यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुराएर नवीकरण गरेको छ।

आइएमई पेले अन्तरराष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकहरुको निजी तथा संवेदनशील जानकारीहरूको गोपनीयता कायम गर्नुका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको कम्पनीले दावी गरेको छ।

प्रकाशित: २५ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

  • Technology Khabar
  • २५ श्रावण २०८१, शुक्रबार