OnePlus

वानप्लसले नोभेम्बर महिनाका लागि सार्वजनिक गर्‍यो कलरओएस १७ अपडेट तालिका

वानप्लसले नोभेम्बर महिनाका लागि सार्वजनिक गर्‍यो कलरओएस १७ अपडेट तालिका
Global IME Bank

कलरओएस १७ मार्फत वानप्लसले अक्सिजनओएसबाट कलरओएसमा सर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। तर कम्पनीका सबै डिभाइसमा एन्ड्रोइड १७ मा आधारित नयाँ सफ्टवेयर उपलब्ध भइसकेको छैन।

कम्पनीले अक्टोबरको अन्त्यतिर वानप्लस १५ मा नयाँ अपडेट उपलब्ध गराएपछि अब पुराना मोडलमा पनि अपडेट दिने तयारी गरेको छ। यसका लागि कम्पनीले नोभेम्बर महिनाको अपडेट तालिका सार्वजनिक गरेको छ। उक्त तालिकामा कलरओएस १७ प्राप्त गर्ने सबै डिभाइसको सूची समावेश छ।

यो अपडेट प्राप्त गर्ने पहिलो डिभाइस वानप्लस १३आर हो। यसले नोभेम्बर ५ मा नै अपडेट पाइसकेको छ। यदि तपाईंको डिभाइसमा अझै अपडेट आएको छैन भने केही दिन प्रतीक्षा गर्नुपर्ने हुन सक्छ। कम्पनीले चरणबद्ध रूपमा अपडेट उपलब्ध गराइरहेको हुन सक्छ।

तालिकाअनुसार वानप्लस १२ ले नोभेम्बर १७ मा अपडेट प्राप्त गर्नेछ। त्यसको एक दिनपछि नोभेम्बर १८ मा वानप्लस प्याड ३ मा अपडेट उपलब्ध हुनेछ।

त्यस्तै, वानप्लस ओपनले नोभेम्बर २४ मा नयाँ संस्करण प्राप्त गर्नेछ भने मिडरेन्जका नर्ड ६ र नर्ड सीई ६ मा नोभेम्बर २६ मा कलरओएस १७ अपडेट उपलब्ध गराइनेछ।

Sajilo Visa
easy care