Technology Khabar २५ श्रावण २०८१, शुक्रबार
काठमाडौं ।
आईप्याड प्रो सबैभन्दा राम्रो बिक्रि हुने आईप्याड बन्न सफल भएको सीआईआरपी बाट आएको नयाँ रिपोर्टले जनाएको छ। यस वर्षको दोस्रो त्रैमास (अप्रिलदेखि जुन महिना) मा आईप्याड प्रोको बिक्रीले कुल आईप्याड बिक्रीको ४३ प्रतिशत प्रतिनिधित्व गर्दै यसले नेतृत्व गरेको उल्लेख गरिएको छ।
भेनिला आईप्याड ३५ प्रतिशतका साथ दोस्रो स्थानमा रहेको छ भने त्यसपछि १२ प्रतिशत र १० प्रतिशतका साथ क्रमशः आईप्याड एयर र आईप्याड मिनीले पछ्याएको उल्लेख छ।
सन् २०२३ को दोस्रो त्रैमासिकको तुलनामा आईप्याड प्रोको बिक्री ५ प्रतिशतले बढेको उल्लेख छ। त्यसैगरी भ्यानिला आईप्याड स्थिर रहेको जनाइएको छ भने आईप्याड एयर र आईप्याड मिनी दुवैको सेयरहरू घटेको उल्लेख छ। साथै यसले गर्दा आईप्याड प्रो बिक्रीको लागि थप ठाउँ बनेको उल्लेख गरिएको छ।
दोस्रो त्रैमासको बीच अर्थात मे महिनामा लन्च भएको नयाँ आईप्याड प्रो मोडेलहरूले स्पष्ट रूपमा यी संख्याहरूमा प्रभाव पारेको जनाइएको छ। त्यसपछि फेरि नयाँ आईप्याड एयर मोडेलहरू पनि सोही समयमा लन्च गरिएको थियो। यद्यपि नयाँ आईप्याड एयर मोडेलहरू भने खासै चर्तित हुन नसकेको थप उल्लेख गरिएको छ।
आईप्याडहरूको लागि बजार हिस्सा अबको थप एक वा दुई त्रैमासमा स्थिर हुने सीआईआरपीले अपेक्षा गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २५ श्रावण २०८१, शुक्रबार