टेस्लाको फुल सेल्फ ड्राइभिङ भी १२.५.१ अपडेट रोल आउट

  • Technology Khabar | १६ श्रावण २०८१, बुधबार
टेस्लाको फुल सेल्फ ड्राइभिङ भी १२.५.१ अपडेट रोल आउट

काठमाडौं ।

टेस्लाले आफ्नो एफएसडी (फुल सेल्फ ड्राइभिङ) भी१२.५.१ अपडेट निश्चित सवारीहरुका लागि रोलआउट सुरु गरेको छ। यो पछिल्लो पुनरावृत्तिले पहिले अलग–अलग फङ्सन् रहेको अर्बन (सहरी) र हाइवे (राजमार्ग) ड्राइभिङ क्षमताहरूको एकीकरणका साथ अन्य सुधारहरूको प्रतिबद्धता जाहेर गरेको छ।

टेस्लाको साइबरट्रक नयाँ अपडेट प्राप्त गर्ने पहिलो मोडेल हुनेछ।

सफ्टवेयर भर्सन २०२४.२०.१५ सँग बन्डल गरिएको अपडेटले टेस्लाको स्वायत्त ड्राइभिङ विकासमा कोसेढुङ्गा भएको उल्लेख गरिएको छ। साथै यो भी१२.५.१ अपडेटका मुख्य विशेषताहरूमा पहिलेका र थप प्राकृतिक लेन परिवर्तनहरू, परिष्कृत ड्राइभर अनुगमन र विस्तारित अनुकूलता समावेश छ भने साइबरट्रक एफएसडी सुविधा प्राप्त गर्ने पहिलो मोडेल हुने थप उल्लेख गरिएको छ।

यसअघि इलन मस्कले प्रति माइल ड्राइभर इन्टरभेन्सन्समा अपेक्षित रिडक्सनलाई हाइलाइट गर्दै भी१२.५. एक्स अपडेटहरूको बारेमा आफू आशावादी भएको व्यक्त गरेका थिए।

साथै कोर एफएसडी प्रणालीबाट स्वतन्त्र रूपमा सञ्चालन हुने आगामी “एक्चुअल स्मार्ट समन” फिचर (सुविधा) यस संस्करणमा प्रस्तुत गरिने थप उल्लेख गरिएको छ।

प्रारम्भिक रोलआउट एचडब्ल्यू४ हार्डवेयर सुसज्जित मोडेल वाई सवारी साधनहरूमा केन्द्रित रहेको छ भने टेस्लाले भविष्यमा अन्य मोडेलहरूमा पनि एफएसडी भी१२.५ अनुकूलता विस्तार गर्ने योजना बनाएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १६ श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार