पिक्सेल ९ प्रो फोल्डको डिस्प्ले वरपर सिमेट्रिकल बेजेलहरू रहने नयाँ खुलासा

  • Technology Khabar | १३ श्रावण २०८१, आईतवार
पिक्सेल ९ प्रो फोल्डको डिस्प्ले वरपर सिमेट्रिकल बेजेलहरू रहने नयाँ खुलासा

काठमाडौं ।

सम्पूर्ण पिक्सेल ९ सिरिजको प्रमोशनल सामग्रीको मुख्य विवरणहरू खुलासा गर्ने स्रोतले पिक्सेल ९ प्रो फोल्डको नयाँ रेन्डरहरू साझा गरेको छ। यसले फोल्डेबल फोनको कलर अप्सन्स (रङ्ग विकल्पहरू) को खुलासा गर्दै डिभाइसको स्पष्ट झलक प्रदान गरेको छ।

यहि अगस्टमा लन्च हुन लागेको गुगल पिक्सेल ९ प्रो फोल्ड सन् २०२२ मा डेब्यु भएको पिक्सेल फोल्डको उत्तराधिकारीको रूपमा आउन लागेको छ। साथै सर्च जायन्टले आगामी अफरिङ्गसमा धेरै परिवर्तनहरू गरेको देखिने उल्लेख गरिएको छ।

पिक्सेल ९ प्रो फोल्डको डिजाइन र रङ्ग विकल्पहरूको खुलासा

फराकिलो एस्पेक्ट रेसियो भएको आफ्नो पूर्ववर्तीको भन्दा तुलनात्मक रुपमा आगामी पिक्सेल ९ प्रो फोल्ड एक सटिक फोल्डेबल डिभाइस जस्तो देखिन्छ। यसको बाहिरी स्क्रिन टलर (अग्लो) हुनुका साथै यो एक स्ल्याब फोन जस्तै देखिने जनाइएको छ।

साथै यसमा सेन्टर अलाइन्ड पंच–होल कटआउट र चारैतिर सिमेट्रिकल बेजेलहरू रहेको छ। त्यसैगरी यसको आन्तरिक स्क्रिन पनि सिमेट्रिकल बेजेलहरूले घेरिएको थप उल्लेख छ। साथै यसमा सेल्फी स्न्यापरको लागि पंच–होल कटआउट शीर्ष दायाँ कुनामा रहेको छ।

पिक्सेल ९ प्रो फोल्डमा राउण्ड कर्नस (गोलाकार कुनाहरू) छन् जसले हातहरूमा राम्रो पकड प्रदान गर्नेछ। ब्याक (पछाडिको) प्यानलमा रेक्ट्यांगुलर (आयाताकार) क्यामरा आइल्याण्ड देखिएको छ। उक्त क्यामरा आइल्याण्डमा दुईओटा पिल–सेप्ड कटआउटहरू छन् जसमा तीनओटा सेन्सरहरू र बाहिर एलईडी फ्ल्यास इकाई पनि रहेको जनाइएको छ।

भोल्युम रकर र पावर बटनहरू यसको दायाँ किनारामा अवस्थित रहेका छन्। यसबाहेक, लीक रेन्डरहरूले आगामी फोल्डेबलहरुको ओब्सिडियन र पोर्सिलेन रङ्गहरूको खुलासा गरेको छ।

लीक प्रोमो सामग्री अनुसार, पिक्सेल ९ प्रो फोल्ड मा ६.३ इन्चको एक्सटर्नल (बाह्य) र ठूलो ८इन्चको आन्तरिक सुपर एक्चुआ डिस्प्ले फिचर गर्ने अपेक्षा गरिएको छ। क्यामरा सेटअपमा ४८ मेगापिक्सेलको मुख्य, १०.५ मेगापिक्सेलको अल्ट्रा–वाइड र १०.८ मेगापिक्सेलको टेलिफोटो सेन्सरहरू समावेश हुनेछन्।

यो डिभाइसमा टेन्सर जी४ चिपसेटको साथमा १६ जीबी र्यामको साथमा जेमिनी एआईसँग आउने पक्का रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १३ श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार