स्टेनलेस स्टिल केसले गर्दा आईफोन १६ प्रो म्याक्सको ब्याट्रीको डेन्सिटी १० प्रतिशतसम्म वृद्धिः कुओ

  • Technology Khabar | २० असार २०८१, बिहीबार
स्टेनलेस स्टिल केसले गर्दा आईफोन १६ प्रो म्याक्सको ब्याट्रीको डेन्सिटी १० प्रतिशतसम्म वृद्धिः कुओ

काठमाडौं ।

केही दिन अघि, एप्पलले ईयू नियमहरूको पालना गर्दै अब आईफोन ब्याट्रीहरू बदल्न सजिलो बनाउन लागेको रिपोर्ट आएको थियो। एप्पलले ब्याट्रीलाई ठाँउमा राख्ने गर्ने एडेसिभ पुल ट्याब्सलाई मेटलको क्र्याडलले प्रतिस्थापन गर्नेछ जुन इलेक्ट्रिकल जोल्ट (विद्युतीय झट्का) ले हान्दा खुल्ने र त्यसलाई इलेक्ट्रिकल्ली इन्ड्युस्ड एडेसिभ डिबन्डिङ भनिने छ।

यसै क्रममा विश्लेषक मिङ्ग–ची कुओले अब एप्पलले ब्याट्री रिमुभल (हटाउन) को लागि स्टेनलेस स्टील ब्याट्री केस प्रयोग गर्ने जानकारी साझा गरेका छन्। यसको थप लाभ भनेको यसले सुरक्षा आवश्यकताहरू पूरा गर्दै ब्याट्री सेल डेन्सिटी (घनत्व) मा ५ देखि १० प्रतिशत वृद्धि भएको रिपोर्ट गरिएको छ। साथै यसले राम्रो ब्याट्री लाइफको परिणाम दिने उल्लेख गरिएको छ।

स्टेनलेस स्टिल ब्याट्री केसको आपूर्तिकर्ता सनवे रहने कुओले थप पुष्टि गरेका छन्। साथै नयाँ ब्याट्री केसिङ (आवरण) बाट फाइदा लिने पहिलो आईफोन भने आईफोन १६ प्रो म्याक्स हुने कुओले अनुमान गरेका छन्।

ईयूले सन् २०२५ सम्ममा स्मार्टफोनको ब्याट्रीहरू प्रयोगकर्ताले प्रतिस्थापन गर्न सक्ने बनाउनका लागि निर्देशन दिएको हुनाले अब सबै फोनहरूले अन्ततः ब्याट्री प्रतिस्थापनको लागि नयाँ, सजिलो तरिकालाई अँगाल्ने जीएसएमएरिनाले रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित: २० असार २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...