नास्ट र काठमाडौं उपत्यका विकास प्राधिकरणबीच वैज्ञानिक सहकार्यको लागि समझदारी

  • Technology Khabar | १३ असार २०८१, बिहीबार
नास्ट र काठमाडौं उपत्यका विकास प्राधिकरणबीच वैज्ञानिक सहकार्यको लागि समझदारी
नाष्टको केन्द्रिय कार्यालय भवन। फाइल तस्बिर

काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र काठमाडौं उपत्यका विकास प्राधिकरणबीच वैज्ञानिक सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारी पत्रमा नास्टको तर्फबाट उकुलपति प्राडा दिलीप सुब्बा र प्राधिकरणको तर्फबाट विकास आयुक्त जानुका ढकालले हस्ताक्षर गरेका हुन्।

सो समझदारीमा विश्वव्यापी जलवायु परिवर्तनसँग अनुकूलित हुनका लागि पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनका उपायहरुको उपायहरूको फलदायी प्रयोग गर्ने उल्लेख छ। समझदारी पाँच वर्षसम्मका लागि लागू हुनेछ।

प्राधिकरणले नास्ष्टसँगको सहकार्यमा विभिन्न वातावरणीय अनुसन्धानमा आधारित कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ।

प्राधिकरणले ‘अर्बन इबिए’ परियोजना अन्तर्गत नास्टसँग सम्झौता गरेको हो।उक्त परियोजना सञ्चालनका लागि नास्टलाई काठमाडौं उपत्यका विकास प्राधिकरणले १ लाख २३ हजार अमेरिकी डलर उपलब्ध गराउने जनाएको छ।

प्रकाशित: १३ असार २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार