टर्किएमा गुगललाई करिब १४.८५ मिलियन डलर जरिवाना

  • Technology Khabar | ३० जेष्ठ २०८१, बुधबार
टर्किएमा गुगललाई करिब १४.८५ मिलियन डलर जरिवाना

काठमाडौं ।

टर्कीएको प्रतिस्पर्धा प्राधिकरणले सोमबार गुगललाई प्रतिस्पर्धा विरोधी कार्य गरेको भन्दै करिब ४८२ मिलियन लिरा (१४.८५ मिलियन डलर) जरिवाना लगाएको छ।

नियामकले होटल सर्च सम्बन्धी दायित्वहरू पूरा गर्न असफल भएकोमा गुगललाई करिब ४८२ मिलियन लिरा (१४.८५ मिलियन डलर) जरिवाना लगाएको रोयटर्सले रिपोर्ट गरेको छ।

गुगलले अन्य स्थानीय खोज इन्जिनहरूसँग निष्पक्ष प्रतिस्पर्धाको बारेमा प्रतिस्पर्धा बोर्डको चिन्तालाई सम्बोधन गर्न असफल भएको कारण यो जरिवाना लगाइएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार