
काठमाडौं ।
काठमाडौं । तपाईँ हामीमध्ये अधिकांश मोबाइल फोन प्रयोगकर्ताहरु बाटोमा हिँड्दा पनि मोबाइल फोन चलाईरहेका हुन्छौं । बाटोमा हिँड्दा अधिकांशले टेक्स्ट म्यासेज गर्ने वा विभिन्न किसिमका सामाजिक संजालहरुमा एक्टिभ हुने गर्दछन् । तर त्यहिबेला तपार्ईँ मोबाइल फोनमा ध्यान दिएको बेलामा दूर्घटनाको शिकार पनि बन्न सक्नुहुन्छ ।
अब भने मोबाइल फोन चलाउँदै आरामसँग सुरक्षितरुपमा बाटोमा हिँड्न सकिने भएको छ । मोबाइल फोन अत्यधिक प्रयोग गर्ने बानी भएकाहरुको लागि ध्यानमा राखेर चीनमा छुट्टै फुटपाथ संचालनमा ल्याईएको छ । यस्तो फुटपाथमा मोबाइलमा निरन्तर हेर्दै टाउको निहुर्याएर हिँड्द पनि सुरक्षित हुनेछ ।
उत्तरी चीनमा यस्तो मोबाइल फुटपाथ बनाईएको हो जहाँ केबल मोबाइल फोन प्रयोग गरिरहेका व्यक्तिहरु मात्र हिँड्न पाउँछन् ।
उत्तरी चीनमा रहेको एउटा सपिंग मलले आफ्नो अगाडिको फुटपाथमा मोबाइल फोनको अधिक लत भएकाहरुका लागि नयाँ फुटपाथ संचालनमा ल्याएको हो । दि यान्टा रोड फुटपाथ नामक फुटपाथ केबल १०० मिटर लामो र ८० सेन्टिमिटर चौडा मात्र रहेको छ । जसमा फोन प्रयोगकर्ता पैदल यात्रुहरुको लागी मात्र बनाईएको छ ।
यो लेन सामान्य फुटपाथको भित्रपट्टि रहेको हुँदा सुरक्षित हुने बताईएको छ ।
यसअघि नै चीनको चोंगक्विनमा सन् २०१४ मा चीनको पहिलो फोन लेन बनाईएको थियो, तर हालको नयाँ फुटपाथले फोन प्रयोगकर्तालाई अझ सुरक्षित बनाउने बताईएको छ ।
मोबाइल प्रयोगकर्ताको लागि भनेर नै नेशनल जियोग्राफीक टिभी च्यानलले अमेरिकाको वासिंगटन डिसीमा सामाजिक अनुसन्धानको लागि सन् २०१४ मा फोन प्रयोगकर्ताका लागि फुटपाथ छुट्याएको थियो ।
प्रकाशित: १ असार २०७५, शुक्रबार