Technology Khabar ९ जेष्ठ २०८१, बुधबार
काठमाडौं ।
एप्पल आईफोन १६ र १६ प्रोको डिस्प्ले उत्पादन जून महिनादेखि थालनी हुने तालिका रहेको जानकारी बाहिरिएसँगै अब यसले नयाँ आईफोन १६ मोडलहरू आफ्नो परम्परामा अडिग रहँदै सेप्टेम्बर महिनामा आउने संकेत गरेको छ।
हालै एक डमी आईफोन १६ प्रो म्याक्स इकाई देखा परेको छ, जसका अनुसार प्रो म्याक्सको आकार वृद्धि हुने अनुमान गरिएको छ।
त्यसैगरी अनलाइन पोस्टमा एक रहस्यमय आईफोनको अर्को एकल फोटो पनि देखा परेको जनाइएको छ। साथै यो निकै चाखलाग्दो देखिएको उल्लेख छ। यसमा केवल दुईओटा क्यामराहरू रहेका छन् भने यसको साइज अनुसार यो एक नियमित आईफोन १६ भएको विश्वास गरिएको छ।
एप्पलको सम्भावित रूपमा पछाडिको भागमा रहने भर्टिकल (ठाडो) क्यामरा एरेञ्जमेन्ट निकै चाखलाग्दो रहेको छ। एप्पलले यस प्रकारको भर्टिकल क्यामरा एरेञ्जमेन्ट अन्तिम पटक आईफोन १२ मा समावेश गरेको थियो।
यद्यपि, हाल देखा परेको सो तस्बिरको आईफोन १६ को क्यामरा आईल्याण्ड पूर्ण रुपमा म्याच (मेल) नभएको स्पष्ट रूपमा देखिएको हुनाले यो एक अघोषित डिजाइन भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ९ जेष्ठ २०८१, बुधबार