
काठमाडौं ।
भर्खरै आईफोन १५ प्रो म्याक्स र आगामी १६ प्रो म्याक्स बीचको आकार भिन्नताहरू प्रदर्शन गर्ने केही तुलनात्मक तस्बिरहरू अनलाइनमा देखा परेका थिए। यसै क्रममा अब, एप्पलको बारेमा भरपर्दो विश्लेषक मिंग–ची कुओले अर्को पुस्ताको प्रो म्याक्स आईफोनको ब्याट्रीको बारेमा रिपोर्ट गर्दै यसमा उच्च ऊर्जा घनत्व फिचर गरिने दाबी गरेका छन्।
आईफोन १६ प्रो म्याक्सको हाईयर–डेनसिटि ब्याट्रीले पनि १५ प्रो म्याक्समा प्रयोग गरिएको हालको ब्याट्री सेलले जस्तै फर्म फ्याक्टरमा लामो अवधिको ब्याट्री सुरक्षा प्रदान गर्ने कुओले उल्लेख गरेका छन्। हाईयर–डेनसिटि (उच्च–घनत्वको) ब्याट्रीले धेरै हिट (ताप) उत्सर्जन गर्ने भएकाले एप्पलले सुधारिएको थर्मल व्यवस्थापनको लागि स्टेनलेस स्टीलको केस प्रयोग गर्दै ब्याट्रीलाई प्याक गर्ने चर्चा रहेको छ।
त्यसैगरी यसअघि आईफोन १६ प्रोको दाबी गरिएको प्रोटोटाइप ब्याट्री समान प्रकारको ब्राकेटमा घेरिएको देखा परेको थियो।
त्यसका साथै स्टेनलेस स्टील केसिङ्गले गर्दा ब्याट्री रिप्लेसिङ्ग (प्रतिस्थापन) गर्न पनि थप सजिलो हुने कुओले बताएका छन्। यसले एप्पललाई स्मार्टफोनहरूको बदल्न सकिने ब्याट्रीहरूको लागि युरोपेली संघको आवश्यकता पूरा गर्न मद्दत पुर्याउने उल्लेख छ।
नयाँ आईफोन १६ प्रो म्याक्सका लागि स्टेनलेस स्टील ब्याट्री केसिङको प्रमुख आपूर्तिकर्ता ‘सनवे’ हुने कुओले दाबी गरेका छन् ।
यदि पहिलो उत्पादन रन सफल भएको खण्डमा, एप्पलले आफ्नो सम्पूर्ण आईफोन १७ लाइनअपमा नयाँ ब्याट्री केसिङहरूमा पनि यसलाई नै लागू गर्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ८ जेष्ठ २०८१, मंगलवार