थ्रेड्स पोष्टमा कसलाई कोड गर्न दिने भन्ने नियन्त्रण अब प्रयोगकर्तासँग

  • Technology Khabar | २४ बैशाख २०८१, सोमबार
थ्रेड्स पोष्टमा कसलाई कोड गर्न दिने भन्ने नियन्त्रण अब प्रयोगकर्तासँग

काठमाडौं ।

थ्रेड्सले प्रयोगकर्तालाई उनीहरुको पोष्टमा (जस्तै, कमेन्टका साथ पुन पोष्ट गर्न) कोड गर्न सक्छन् भन्नेमा थप नियन्त्रण दिइरहेको छ। यदि तपाईले आफ्नो पोष्टलाई अन्य अनावश्यक व्यक्तिले कोड गर्न नसकुन भन्ने चहानु हुन्छ भने अब प्रयोगकर्तासँग आफूलाई फलो गरेका व्यक्तिलाई मात्र अनुमति दिने विकल्प उपलब्ध छ। वा आफ्नो पोष्ट कसैले कोड गर्न नसकुन भन्ने पनि बनाउन सकिन्छ।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले अपडेटको घोषणा गरे, उनले आशा गरे कि यसले ‘थ्रेड्सलाई अझ सकारात्मक स्थानमा राख्न मद्दत गर्नेछ।’

प्लेटफर्मले गत महिना थ्रेडस प्रयोगकर्ताको समूहका लागि यस फिचर्स परीक्षण गरेको छ। तर अहिले यो सबैका लागि उपलब्ध भएको इनग्याजेडले उल्लेख गरेको छ।

थ्रेड्ससँग अहिले १५० मिलियनभन्दा बढी मासिक प्रयोगकर्ता छन्। इन्स्टाग्रामबाट केही टूल उधारो लिएर सुरक्षा र समग्र प्रयोगकर्ता अनुभव सुधार गर्न विस्तारै थ्रेड्सले थप फिचर्स दिँदै गइरहेको छ। गत महिना, थ्रेड्सले हिडन वर्ड्स फिचर्स प्रस्तुत गरेको थियो। जसले गर्दा प्रयोगकर्ताहरूले निश्चित सर्तहरू तोक्न सक्छन् जुन उनीहरू आफ्नो फिडबाट फिल्टर गर्न चाहन्छन्। थ्रेड्सले हालमा निश्चित मिति पछि म्यानुअल रूपमा वा स्वचालित रुपमा पोस्ट अर्काइभ (संग्रहित) गर्ने विकल्पको परीक्षण सुरु गरेको छ।

प्रकाशित: २४ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार