एप्पलले १२.९ इन्चको आईप्याड एयरमा मिनी एलईडी डिस्प्ले समावेश गरिने संभावना

Technology Khabar ९ बैशाख २०८१, आईतवार

काठमाडौं ।

आईप्याड प्रो लाइनको पहिलो पटक अनुकरण गर्दै अर्को पुस्ताको आईप्याड एयर दुई साइजमा आउने लामो समयदेखि चर्चामा रहेको छ।

साथै आफ्नो स्क्रिन टेक्नोलोजीको लागि अर्को आईप्याड प्रोले ओएलईडीमा स्विच गर्नेछ भने आगामी ठूलो आईप्याड एयरले हालको आईप्याड प्रो जेनरेशनमा रहेको मिनी एलईडी टेक प्रयोग गर्ने जस्तो देखिएको एक रिपोर्टमा उल्लेख गरिएको छ।

१२.९ इन्चको आईप्याड एयर अब मिनी एलईडीमा सार्दा यसले कम पावर खपत, एचडीआर कन्टेन्टको लागि राम्रो ब्राइटनेस र हालको आईप्याड एयर भित्रको आईपीएस एलसीडी टेकको तुलनामा डिपर ब्ल्याक प्रदान गर्ने उल्लेख छ।

यो जानकारी डिस्प्ले सप्लाई चेन कन्सल्टेन्ट्स रोस यंगले उल्लेख गरेका हुन्, जो यस प्रकारको जानकारीको लागि यंगलाई निकै भरपर्दो स्रोत हुन्।

एप्पलले हालको जेन १२.९ इन्चको आईप्याड प्रोको लागि उत्पादन गरेको मिनी एलईडी प्यानलहरू केही बाँकी भएको हुनाले अब एयरमा प्रयोग गर्ने योजना बनाएको जनाइएको छ भने हालका महिनाहरूमा कम्पनीको ट्याब्लेट बिक्रीको अवस्था खराब रहेको हुँद यसको प्रयोगले केही अर्थ दिनेछ।

यद्यपि यंगले आगामी १०.९ इन्चको आईप्याड एयरमा प्रयोग हुने डिस्प्ले टेकको बारेमा भने केही पनि उल्लेख गरेका छैनन्। हाल उत्पादनमा १०.९ इन्चको आईप्याड प्रो नभएको हुँदा बाँकी रहेको मिनी एलईडी प्यानलहरू उपलब्ध हुनसक्ने भएकाले आगामी १०.९ इन्चको आईप्याड एयरमा आईपीएस एलसीडी प्यानलहरू प्रयोग गरिने अनुमान गरिएको छ।

त्यसैगरी नयाँ आईप्याड एयर मोडलहरू नयाँ आईप्याड एयर ट्याब्लेटहरूसँगै अर्को महिना आधिकारिकरुपमा उपलब्ध हुने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्टमा भनेको छ।

प्रकाशित: ९ बैशाख २०८१, आईतवार

तपाइको प्रतिक्रिया