गुगलको पिक्सेल ८ए स्मार्टफोनको लन्च नजिकिँदै

Technology Khabar २४ फाल्गुन २०८०, बिहीबार

काठमाडौं ।

गुगलले आगामी महिना सम्भवतः आफ्नो आई/ओ कार्यक्रम मार्फत आफ्नो अर्को मिड–रेन्ज फोन ‘गुगल पिक्सेल ८ए’ अनावरण गर्ने अपेक्षा गरिएको छ।

उक्त अपेक्षित लन्च अघि, विनफ्युचर.डे ले गुगलको पिक्सेल ‘८ए’ को भेरियन्टस, कलर अप्सन्स (रङ विकल्पहरू) र मूल्य निर्धारणको बारेमा एक रिपोर्ट प्रकाशित गरेको छ।

गुगल पिक्सेल ८ए को कन्फिगरेसन र मूल्य

प्रकाशनका अनुसार, गुगल पिक्सेल ८ए १२८ जीबी र २५६ जीबी गरी दुई विकल्पहरूमा आउने उल्लेख गरिएको छ। आफ्नो लन्चका दौरान १२८ जीबी स्टोरेज भएको पिक्सेल ७ए को मूल्य ४९९ यूरो रहेको थियो। अबको १२८ जीबी पिक्सेल ८ए को मूल्य ५६९.९० यूरो हुनेछ भने २५६ जीबी संस्करणको मूल्य ६३० यूरो हुने नयाँ रिपोर्टले दावी गरेको छ।

त्यसैगरी पिक्सेल ८ए चार ओटा कलर अप्सन्स (रङ विकल्पहरू) मा आउने रिपोर्टले थप दावी छ। उक्त विकल्पहरूमा ओब्सिडियन (कालो), पोर्सिलेन (सेतो), बे (हल्का नीलो) र मिन्ट (हल्का हरियो) समावेश रहेको छ। यद्यपि उक्त सबै चार रङहरू दुवै कन्फिगरेसनहरूमा उपलब्ध नहुने जस्तो देखिएको उल्लेख छ। साथै रिपोर्टले पिक्सेल ८ए यस वर्षको अप्रिल वा मेमा खरिदका लागि उपलब्ध हुने अनुमान गरेको छ।

गुगल पिक्सेल ८ए को संभावित स्पेसिफिकेसन्स

रिपोर्टहरूका अनुसार, गुगल पिक्सेल ८ए टेन्सर जी३ चिपसँग सुसज्जित हुने सम्भावना छ। साथै यो पिक्सेल ८ र पिक्सेल ८ प्रो फ्ल्यागशिप फोनहरूलाई पावर (शक्ति) प्रदान गर्ने टेन्सर जी३ चिपको अन्डरक्लक्ड संस्करण हुन सक्नेछ। डिभाइसमा ८ जीबी र्यामका साथै २७ वाट फास्ट चार्जिङलाई समर्थन गर्ने अपेक्षा गरिएको छ।

गत वर्ष अक्टोबरको एक रिपोर्टले पिक्सेल ८ए को सीएडी रेन्डरहरूको खुलासा गरेको थियो। साथै उक्त रिपोर्टले डिभाइसमा ६.१ इन्चको ओएलईडी प्यानल समावेश गर्ने खुलासा गरेको थियो।

प्रकाशित: २४ फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया