‘गुगल पे’ एप जून महिनादेखि अमेरिकामा बन्द गरिने

  • Technology Khabar | १३ फाल्गुन २०८०, आईतवार
‘गुगल पे’ एप जून महिनादेखि अमेरिकामा बन्द गरिने

काठमाडौं ।

गुगल पे एप अमेरिकामा बन्द गरिएको कम्पनीले एक ब्लग पोस्टमा बताएको छ। एपको स्ट्यान्डअलोन संस्करण सन् २०२४ को जून महिनाको ४ तारिखपछि उपलब्ध नहुने र प्रयोगकर्ताहरूले यसको सट्टा गुगल वालेटमा स्विच गर्नुपर्ने उल्लेख गरिएको छ।

एप हटाएपछि पी२पी पेमेन्टस (भुक्तानीहरू), फाइण्डिङ अफर्स एण्ड डिल्स, र प्लेटफर्ममा ब्यालेन्स प्रबन्ध गर्ने जस्ता फिचर्स (सुविधाहरू) हट्ने छन्। यद्यपि भारत र सिंगापुर जस्ता अन्य बजारहरूमा भने एप उपलब्ध रहने छ।

गुगल पे “१८० भन्दा बढी देशहरूमा लाखौं मानिसहरू” द्वारा प्रयोग भइरहेको बेला, यो क्रोमओएस, म्याकओएस र विन्डोज पीसीको लागि डेस्कटप संस्करण भएको गुगलले खुलासा गरेको छ। मोबाइलमा यो गुगल वालेट इकोसिस्टमको अंश भएको र यसको लागि एन्ड्रोइड र आईओएसका लागि एउटै एप रहेको जनाएको छ।

वालेट मुख्य सर्भिस (सेवा) भएको र यसले सुरक्षित रूपमा पेमेन्ट कार्डहरू, ट्रान्सपोर्ट (यातायात) पासहरू, स्टेट आईडी र ड्राइभर इजाजतपत्रहरू स्टोर गर्दछ। साथै यो अमेरिकामा पे एप भन्दा पाँच गुणा बढी प्रयोग गरिने जनाइएको छ।

आफ्नो एप्लिकेसनमा ब्यालेन्स भएका प्रयोगकर्ताहरूले जुन महिनाको ४ तारिख अघि नै बैंक खातामा रकम स्थानान्तरण गर्नुपर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १३ फाल्गुन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार