
काठमाडौं ।
गुगलले थप रियल मनी गेम्सका लागि आफ्नो समर्थन बढाउने घोषणा गरेको छ। साथै यस समर्थनलाई अधिक देशमा विस्तार गर्ने योजना बनाएको छ।
सुरुवातमा परीक्षण चरण भारत, मेक्सिको र ब्राजिलमा पुष्टि भएको लाइभमिन्टले उल्लेख गरेको छ। यस विकासलाई विशेषरुपमा रियल मनी गेम्स (आरएमजी) विकासकर्ताहरुले स्वागत गरेका छन्। यस अघि उनीहरुले गुगल प्लेमा बढ्दो सीमाहरु सामना गर्नु पथ्र्यो।
गुगलले भर्खरको पोस्टमा कम्पनीले थप गेम प्रकार र अपरेटर समावेश गर्न सुरु गर्ने घोषणा गरेको छ। यो विस्तारले हालको इजाजतपत्र फ्रेमवर्कको हिस्सा नभएका गेम खेल विकासकर्ताहरू र अपरेटरहरूका लागि अवसर प्रदान गर्दछ। यस विस्तारित प्लाइलेट प्रोग्राम २०२४ मा सुरु हुने तालिका छ। सुरुवाती चरणमा भारत, मेक्सिको र ब्राजिलमा केन्द्रित हुनेछ।
प्रकाशित: २८ पुष २०८०, शनिबार