Technology Khabar २७ पुष २०८०, शुक्रबार
काठमाडौं ।
ह्वावेले चीनमा १३औं जेन इन्टेल एच सिरिज प्रोसेसरसहितको ‘ह्वावे मेटबुक डी १४ २०२४’ नामक नयाँ ल्यापटप सार्वजनिक गरेको छ।
साथै यो नयाँ ल्यापटप हालै मात्र रिलिज गरिएको ह्वावे मेटबुक डी १४ एसई २०२४ जस्तै भएको छ। यद्यपी नयाँ मोडल अलि राम्रो डिस्प्ले र थप रङसहित आएको छ।
ह्वावे मेटबुक डी १४ २०२४ को स्पेसिफिकेसन
नोटबुकमा मेटल युनिबडी डिजाइन फिचर गरिएको छ। यसको थिकनेस (मोटाई) १५.९ एमएम मापन गर्ने र तौल १.३९ केजी रहेको छ। साथै यो ब्राइट मुन सिल्भर र डीप स्पेस ग्रे कलर अप्सन्स (विकल्पहरू) मा आउने उल्लेख गरिएको छ।
यसमा १६ः१० एस्पेक्ट रेसियो भएको १४ इन्चको आईपीएस एलसीडी स्क्रिन रहेको छ। साथै उक्त प्यानलले १९२०x१२०० पिक्सेलको रिजोल्युसन, १६१ पीपीआई र १२००ः१ कन्ट्रास्ट रेसियो प्रदान गर्दछ।
यसको डिस्प्लेले १०० प्रतिशत एसआरजीबी कलर गामुट र ३०० निट्स पिक ब्राइटनेस लेभल समर्थन गर्दछ। तुलनाको लागि, एसई संस्करणको ल्यापटपले एनटीएससी कलर गामुटको ४५ प्रतिशत एनटीएससी मात्र कभर गर्न सक्ने र एकमात्र ब्राइट मुन सिल्भर कलर अप्सन्स (रङ विकल्प) मा आउने छ।
यो कम्प्यूटर १३ औं जेन इन्टेल कोर आई५–१३४२०एच प्रोसेसरद्वारा पावर्ड (संचालित) छ। साथै चिपसेटलाई एलपीडीडीआर४एक्स र्याम र ५१२जीबी ५१२जीबी एनभीमी पीसीआईई एसएसडी सँग पेयर्ड गरिएको छ। साथै यो डिभाइस माइक्रोसफ्ट विन्डोज ११ होम एडिसनको साथमा ढुवानी गरिने उल्लेख गरिएको छ।
त्यसैगरी यो नोटबुक १ ह यूएसबी टाइप–सी (यूएसबी ३.२ जेन १), २ एक्स यूएसबी टाइप–ए (यूएसबी ३.२ जेन १ र यूएसबी २.०), एचडीएमआई र ३.५एमएम हेडफोन ज्याक जस्ता धेरै ओटा पोर्टहरूसँग आउने जनाइएको छ। साथै वायरलेस कनेक्टिभिटीको लागि यसले वाईफाई ६ र ब्लुटुथ ५.१ प्रदान गर्दछ।
कम्प्यूटरका अन्य फिचरहरूमा १.५ एमएम की ट्राभल, डुअल स्पिकर, डुअल माइक्रोफोन, फिङ्गरप्रिन्ट सेन्सर, ५६ वाट ब्याट्री र ६५ वाट चार्जिङ सपोर्ट सहितको ब्याकलिट किबोर्ड समावेश गरिएका छन्।
ह्वावे मेटबुक डी १४ २०२४ को मूल्य
ह्वावे मेटबुक डी १४ २०२४ को १६ जीबी प्लस ५१२ जीबी मेमोरी कन्फिगरेसनको लागि ४,२९९ जापानी येन (६०५ अमेरिकी डलर) मूल्य राखिएको छ। यो हाल चीनमा बिक्रीको लागि उपलब्ध रहेको छ।
त्यसैगरी ह्वावे मेटबुक डी १४ एसई २०२४ को मूल्य भने ३,९९९ जापानी येन (५६० अमेरिकी डलर) सस्तो भएको गीज्मोचाइनाले रिपोर्टमा उल्लेख गरेको छ।
प्रकाशित: २७ पुष २०८०, शुक्रबार