
काठमाडौं ।
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २३ औं वार्षिक साधारण सभा बैशाख १० गते काठमाडौंमा सम्पन्न भएको छ ।
साधारण सभाबाट आ.व. २०७३।७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा बोनस शेयर वापतको कर प्रयोजनार्थ ६ लाख ३९ हजार ४७४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित भएको छ ।
साथै, कम्पनीको सेयर संरचनामा न्युनतम ५१ प्रतिशत संस्थापक शेयरधनी कायम गर्नका लागि बोनस शेयर पश्चात हुन आउने कुल चुक्ता पुंजीमा यस कम्पनीका शेयरधनीहरुलाई १ः१.०५ (एक बराबर एक दशमलव शुन्य पांच) संस्थापक शेयर कायम हुने गरी हकप्रद शेयर जारी गर्ने र तत्पश्चात कायम हुने सम्पूर्ण शेयरधनी (संस्थापक र सर्वसाधारण) लाई १ः३ (एक बराबर तिन) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भयो ।
शेयरधनीहरुबाट संचालक समितिमा प्रतिनिधित्व गर्न ५ जना संचालकहरु राजिव सापकोटा, भुबल राई, हेमराज थापा, राम प्रसाद खनाल तथा श्रीमती एन्जिला विष्ट गिरी निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।
प्रकाशित: १० बैशाख २०७५, सोमबार