ह्वावे नोभा १२ को लीक भएको रेन्डरमा देखियो ट्रिपल क्यामरा र एलईडी रिङ लाइट

Technology Khabar ८ मंसिर २०८०, शुक्रबार

काठमाडौं ।

ह्वावेले नोभा १२ सिरिज लन्च गर्नका लागि तयारी गरिरहेको छ। यसै क्रममा ह्वावेको उक्त नयाँ डिभाइसहरू कस्तो देखिन्छ भनेर एक लीक भएको रेन्डरले प्रस्तुत गरेको उल्लेख छ।

एक स्रोतका अनुसार डिभाइसको पछाडि तीनवटा क्यामरा रहेको र ती मध्ये एउटाले एलईडी रिङ लाइट पनि फिचर गर्ने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

हालको क्यामरा आईल्याण्ड नोभा ११ डिभाइसहरूमा भएको मुख्य क्यामरा वरिपरि रहेको ठूलो सुनौलो सर्कल जस्तै देखिएको तर साना क्यामराहरूको पङ्क्तिबद्धता भने फरक रहेको छ। त्यसैगरी ‘पावर की’ पनि देखिएको हुनाले यस फोनको तल फिंगरप्रिन्ट स्क्यानरको साथ ओएलईडी स्क्रिन रहेको उल्लेख गरिएको छ।

रिपोर्टहरूका अनुसार, त्यहाँ कम्तिमा तीन ओटा नोभा १२ डिभाइसहरू हुनेछन् र लाइनअपले नयाँ फाइभजी चिपसेटको डेब्यू पनि ल्याउने उल्लेख छ।

साथै नयाँ सिरिजमा फास्टर चार्जिङ्ग (हाल भेनिला नोभा ११ मा ६७ वाट रहेको छ) समावेश गरिनुका साथै अगाडि र पछाडि राम्रो क्यामराहरू रहेको उल्लेख गरिएको छ।

प्रकाशित: ८ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया