गुगल मेसेजेसमा अब वेयर ओएस स्मार्टवाच मार्फत भ्वाइस मेसेज पठाउन सकिने

  • Technology Khabar | २९ आश्विन २०८०, सोमबार
गुगल मेसेजेसमा अब वेयर ओएस स्मार्टवाच मार्फत भ्वाइस मेसेज पठाउन सकिने

काठमाडौं ।

गुगलले आफ्नो मेसेजेस वेयर ओएस एपमा पछिल्लो अपडेट रोल आउट गर्ने भएको छ। साथै यस रोल आउट पश्चात प्रयोगकर्ताहरूले भ्वाइस मेसेजेहरू रेकर्ड गर्न र सुन्न पाउने भएका छन्।

वेयर ओएस चल्ने अधिकांश आधुनिक स्मार्टवाचहरूमा बिल्ट–इन लाउडस्पीकर्स र माइक्रोफोनहरू समावेश भएकाले अन्य फङ्गसनहरू मध्येको यस फङ्गसनलाई पनि अन्य मेसेज सर्भिस (सेवा) हरूसँग लामो समय अघि नै लागू गरिनु पर्नेमा हाल मात्र आउन लागेको हो।

तर प्रयोगकर्ताहरूले यसमा कलहरू लिन मात्र सक्ने तर भ्वाइस मेसेजहरू पठाउन नसक्ने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

अब भने गुगलले वेयर ओएस प्लेटफर्ममा आफ्नो एपमा नयाँ अपडेट प्रस्तुत गरेको हुनाले यसमा परिवर्तन हुनेछ। एपमा अब एन्ड्रोइड १४ एस्थेटिकसँग मेल खाने हिसाबले पुनः डिजाइन गएिको यूआई फिचर गर्ने जनाइएको छ।

प्रयोगकर्ताले रिप्लाई गर्न चाहेको मेसेजमा एकचोटि ट्याप गरेपछि तीनओटा आइकनहरू–इमोजी, किबोर्ड र बीचमा माइक्रोफोनले स्वागत गर्ने जनाइएको छ। माइक्रोफोनमा ट्याप गरिएको खण्डमा भने ५९ सेकेन्ड लामो सन्देश रेकर्ड गर्न र प्रतिक्रियाको रूपमा पठाउन अनुमति दिनेछ।

प्रयोगकर्ताले अहिलेसम्म भने प्रि–डिफाइन्ड सर्ट रेस्पोन्सेस (पूर्व–परिभाषित छोटो प्रतिक्रियाहरू) मात्र पठाउन सक्ने वा घडीको अन–स्क्रिन किबोर्डमा संघर्ष गर्न सक्ने उल्लेख गरिएको छ।

ह्वाट्सएपले पहिलो पटक आफ्नो वेयर ओएस–बेस्ड (आधारित) एप प्रस्तुत गरेसँगै उल्लेखनीय रूपमा ह्वाट्सएपसँग समान फङ्गसनहरू रहेतापनि गुगलले यसलाई मेसेजहरूको लागि कार्यान्वयन गर्दा अन्य सन्देश सेवाहरूको लहरलाई ट्रिगर गर्नसक्ने उल्लेख छ।

प्रकाशित: २९ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...