एप्पलको ९.७ इन्चको नयाँ आइप्याड यस्तो छ, एप्पल पेन्सिल सपोर्ट गर्ने, मूल्य २९९ डलर

Technology Khabar १४ चैत्र २०७४, बुधबार

काठमाडौं ।

काठमाडौं । अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले अमेरिकामा आयोजित एक इभेन्टमा नयाँ आइप्याड सार्वजनिक गरेको छ । सो आइप्याड विशेषगरि विद्यार्थीहरुको लागि ध्यानमा राखेर ल्याएको हो ।

एप्पलले सार्वजनिक गरेको यो आइप्याड कम्पनीको अहिलेसम्मको सबैभन्दा सस्तो आइप्याड भएको बताईरहेको छ । ९.७ इन्चको सो आइप्याडमा एप्पल पेन्सिल पनि सपोर्ट गर्दछ ।

एप्पलले यो आइप्याडमा ए १० फ्यूजन चिपसेट प्रयोग गरेको छ, जसले आग्मेन्ट रियालिटी एप्सलाई सपोर्ट गर्दछ ।

सो आइप्याडमा रियर क्यामराले फुल एचडी भिडियो सपोर्ट गर्दछ भने जीपीएस, कम्पास, टचआईडीका साथै एलटीई कनेक्टिभिटी समेत सपोर्ट गर्दछ । यसमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा फेसटाइम फ्रन्ट क्यामरा छ ।

विद्यार्थीका लागि ल्याईएको सो आइप्याडमा फ्रागेपिडिया, फ्री रिभर्सलगायतका एप्स राखिएको छ । यसका साथमा २ लाख एजुकेसन एप्स उपलब्ध हुने छ ।

सो नयाँ आईप्याडका लागि आईक्लाउड स्टोरेज बढाएर ५ जीबीबाट २०० जीबीसम्म पुर्याएको छ ।

कम्पनीका सिईओ टिम कुकले यो आइप्याड हरेक कक्षासम्म पुर्याउन चाहेको बताए । अमेरिकामा सो आइप्याडको बिक्री शुरु भईसकेको छ भने अन्य देशहरुमा अप्रिल महिनादेखि उपलब्ध हुने बताईएको छ ।

यो आइप्याडको अर्को विशेषता भनेको यसमा रहेको ब्याट्री ब्याकअप हो । नयाँ आइप्याडमा १० घण्टासम्मको ब्याट्री ब्याकअप रहेको कम्पनीको दाबी छ ।

ग्राहकहरुका लागि यसमा ३२ जीबी वाईफाई मोडलको मूल्य ३२९ अमेरिकी डलर छ भने वाईफाई र सिम प्रयोग गर्न मिल्ने आइप्याडको मूल्य ४५९ अमेरिकी डलर तोकिएको छ ।

कम्पनीकाअनुसार यो आइप्याड सिल्भर, स्पेस ग्रे र गोल्ड फिनिश कलर अप्सनमा आउनेछ भने विद्यालयहरुले किन्दा नयाँ आइप्याड २९९ अमेरिकी डलर मात्र तिर्नुपर्ने हुन्छ ।

माध्यम

प्रकाशित: १४ चैत्र २०७४, बुधबार

तपाइको प्रतिक्रिया