Technology Khabar २४ आश्विन २०८०, बुधबार
काठमाडौं ।
डीआरएस गेमिङले आयोजना गरेको पब्जी प्रतियोगिता डीआरएस शोडाउन प्ले अफको उपाधी डेड आइज गाइज (डीई)ले जितेको छ। उपाधीसँगै डीईले ५० हजार रुपैयाँ पनि प्राप्त गरेको छ।
चार दिनसम्म चलेको प्रतियोगिताको कुल १६ खेलमा १५१ अंक प्राप्त गर्दै डीईले उपाधी उचालेको हो। डीईले २ चिकेन डिनर सहित ५२ प्लेसमेन्ट प्वाइन्ट र ९९ इलिमिनेसन प्वाइन्ट प्राप्त गरेको छ।
एक अंकले चुक्दै गोजा ईस्पोर्ट्स दोस्रो भएको छ। गोजाले ४ चिकेन डिनर सहित १५० अंक प्राप्त गरेको छ। दोस्रो स्थान हासिल गरेको गोजाले २० हजार रुपैयाँ प्राप्त गरेको छ।
१४२ अंक प्राप्त गरेको डीआरएस गेमिङ तेस्रो भएको छ। डीआरएस गेमिङले १० हजार रुपैयाँ जितेको छ।
यस प्रतियोगिताको एमभीपी डीआरएसका किलरवाईटी भएका छन्।
डीआरएस शोडाउन प्ले अफको शीर्ष १६ स्थानमा पर्न सफल टिम ग्रान्ड फाइनलका लागि छनोट भएका छन्। ग्रान्ड फाइनल १२ अक्टोबर देखि १६ अक्टोबर सम्म आयोजना हुनेछ। फाइनलको विजेताले २ लाख रुपैयाँ पाउनेछन् भने दोस्रो हुने टिमले ८० हजार रुपैयाँ र तेस्रो हुने टिमल ६० हजार रुपैयाँ पाउने छन्।
अंक तालिका


प्रकाशित: २४ आश्विन २०८०, बुधबार