Technology Khabar १८ आश्विन २०८०, बिहीबार
काठमाडौं ।
महिनौंको लीक्स र अफवाहहरु पश्चात गुगलले अन्ततः पिक्सेल ८ प्रो आधिकारिकरुपमा लन्च गरेको छ। पिक्सेल ८ र पिक्सेल वाच २ सँगसँगै मेड बाइ गुगल इभेन्टमा बिहीबार ह्यान्डसेटको अनावरण गरिएको उल्लेख छ।
नयाँ पिक्सेलमा धेरै सुधारहरूका साथै नयाँ टेन्सर जी३ चिप समावेश रहेको उल्लेख छ। गुगलले फोनको पछाडि थर्मोमिटर पनि प्याक गरेको छ। त्यसैगरी क्यामराहरू र डिस्प्लेमा पनि कही सुधार गरिएको उल्लेख छ।
डिजाइन र डिस्प्ले
गुगलले पिक्सेल ८ प्रो को डिजाइनमा कही परिवर्तन गरेको छ। नयाँ पिक्सेलले थप राउण्डेड (गोलाकार) डिजाइन अपनाएको र गत वर्षको पिक्सेल ७ परिवारको सार्प कर्नर्स हटाएको छ। साथै ८ प्रो को क्यामरा सेन्सर डिजाइन पनि नयाँ रहेको र पछाडि क्यामरालाई दुई ओटाको सट्टा एउटा ग्लास पिसमा फिट गरिएको छ।
पिक्सेल ८ प्रो को मापन १६२.६x७६.५x८.७ मिमी रहेको छ भने यसको तौल २१३ ग्राम छ। ह्यान्डसेटमा फ्ल्याट ६.७ इन्चको एलटीपीओ ओएलईडी डिस्प्लेको रहेको र यस डिस्प्लेले ३१२०×१४४० पिक्सेल रिजोल्युसन र १–१२० हर्ज एड्याटिभ रिफ्रेस रेट प्रदान गर्नेछ।
त्यसैगरी यसमा २,४०० निट्स म्याक्सिमम ब्राइटनेस र कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ को प्रोटेक्सन रहेको उल्लेख गरिउको छ। साथै फ्ल्यागशिपले आईपी६८ वाटरप्रूफ रेटिङ पनि पाएको छ।
पिक्सेल ८ प्रोमा नयाँ टेन्सर जी३ चिपसेटको रहेको छ। नयाँ ४ एनएम प्रोसेसर र १२ जीबी र्यामका साथै अमेरिकामा १ टीबी सम्मको स्टोरेजमा उपलब्ध गराइएको छ भने अन्यत्र ५१२ जीबी सम्मको स्टोरेजमा उपलब्ध हुनेछ। साथै डिभाइसमा ५,०५०एमएएच ब्याट्री समावेश गरिएको छ भने ब्याट्रीले ३० वाटको वायर्ड र २३ वाटको वायरलेस चार्जिङ समर्थन गर्ने उल्लेख गरिएको छ।
गुगलले पिक्सेल ८ प्रोमा पाँच प्रमुख ओएस रिलिजहरूका साथै सात वर्षको सिक्योरिटी प्याचहरू दिने वाचा गरेको छ। त्यसैगरी ह्यान्डसेटले वाईफाई ७, ब्लुटुथ ५.३ र एनएफसी लगायत सबै नयाँ कनेक्टिभिटी अप्सन्स पनि ल्याएको छ। त्यस्का साथै सिक्योरिटीका लागि अनबोर्डमा टाइटन एम२ चिप पनि रहेको र गुगल वानको भिपीएनसँग कुनै अतिरिक्त शुल्क बिना पेयर्ड गरिएको उल्लेख छ।
पिक्सेल ८ प्रो को क्यामराहरूमा पनि सुधारहरू गरिएको उल्लेख छ। फोनमा अब ५० मेगापिक्सेलको प्राइमरी शूटर, अपग्रेडेड अटोफोकस सहितको ४८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स र ५ एक्स अप्टिकल जुम भएको ४८ मेगापिक्सेलको टेलिफोटो समावेश गरिएको छ। सेल्फीको लागि फोनमा १०.५ मेगापिक्सेलको क्यामरा रहेको उल्लेख छ।
मूल्य निर्धारण र उपलब्धता
पिक्सेल ८ प्रो को अमेरिकामा सुरुवाती मूल्य ९९९ अमेरिकी डलर रहेको छ। साथै बिहीबारदेखि नै प्रि–बुकिङका लागि डिभाइस उपलब्ध हुने जनाइएको छ भने प्रि–अर्डरको साथमा निःशुल्क पिक्सेल वाच २ प्राप्त गरिने थप उल्लेख छ।
साथै डिभाइस स्काई ब्लू, पोर्सिलेन र ओब्सिडियन ब्ल्याक कलर विकल्पहरूमा उपलब्ध हुनेछ।
प्रकाशित: १८ आश्विन २०८०, बिहीबार