हेटौंडामा नवउद्यमशाला बुट क्याम्प सुरु

Technology Khabar १६ आश्विन २०८०, मंगलवार

काठमाडौं ।

उद्योग संघ मकवानपुरले भागमती प्रदेशको उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडाको सहयोगमा एम स्टार्टअप बिजनेस इन्क्युबेसन सेन्टर तथा पाँचदिने नवउद्यमशाला बुट क्याम्प सुरु गरेको छ।

बागमती प्रदेशका उद्योग बाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण मित्रकारले हेटौंडा औद्योगिक क्षेत्रस्थित उद्योग संघ परिसरमा एम स्टार्टअप बिजनेस इन्क्युबेसन सेन्टर तथा पाँचदिने नवउद्यमशाला बुट क्याम्पको शुभारम्भ गर्दै आर्थिक समृद्धिका लागि आर्थिक गतिबिधि आवश्यक भएको बताए।

उनले लगानीको बाताबरण निर्माण गर्ने चुनौती रहेको भन्दै उद्योग स्थापनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले नागरिकलाई उत्पादनसँग जोड्नु आवश्यक भएको बताउँदै नवउद्यमशीलताको क्षेत्रमा पालिकाले सहयोग गर्ने बताईन्।

उद्योग सञ्चय मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले युबा उद्यमीलाई स्टार्टअपका रूपमा आफ्ना व्यावसायिक विचार परीक्षण गर्ने अबसर प्रदान गर्न यो एम स्टार्टअप बिजनेस इन्क्युबेसन सेन्टर सम्भालनमा ल्याएको बताए।

एम स्टार्टअप बिजनेस इन्क्युबेसन सेन्टर तथा पाँचदिने नवउद्यमशाला बुट क्याम्पका संयोजक एवं उद्योग सयका निवर्तमान अध्यक्ष लेखराज पोखरेलले यस एआइएम स्टार्टअपले जिल्लामा शैक्षिक, सरकारी र निजी क्षेत्रमिन आर्थिक नत्र निर्माण गरी दिगो रूपमा स्टार्टअप र नवप्रबर्तन कार्यक्रम लागु गर्न उपयुक्त संस्थागत संरचना स्थापना गरेर उद्यमशीलतालाई प्रोत्साहन गर्ने बताए।

प्रारम्भिक चरणमा सेन्टरले युवा उद्यमीलाई कार्यस्थल, लजिस्टिक सहयोग प्रदर्शनीमार्फत अबधारणा परीक्षण, अनुभबीद्वारा मार्गदर्शन, सरकारी निकाय र शिक्षाविद्सँग अन्तर्क्रिया, वित्तीय संस्थासँग जोडिने अबसर र इन्छुक व्यक्तिलाई लगानी उपलब्ध गराएर स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने छ।

कार्यक्रमको पहिलो चरण अन्तर्गत युवा उद्यमीहरू जसले ब्यबसाय दर्ता गरेको पाँच वर्ष नकटेकालाई चयन गरी आयोजना गर्न लागिएको पाँचदिने नवउद्यमशाला बुट क्याम्पको सुरु गरिएको हो।

प्रकाशित: १६ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया