Technology Khabar ६ चैत्र २०७४, मंगलवार
काठमाडौं ।
काठमाडौं ६ चैत । विश्वको पहिलो नागरिकताधारी रोबोट सोफियालाई नेपाल ल्याइने भएको छ।
संयुक्त राष्टसंघीय विकास कार्यक्रम (युएनडिपी)ले रोबोट सोफियालाई नेपाल ल्याउन लागेको हो । सो संस्थाले आयोजना गर्ने ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा सहभागी गराउन सोफियालाई नेपाल ल्याउन लागिएको हो।
सोफियासँग साउदी अरेबियाको नागरिकता छ। सम्मेलनमा सोफियाले आफ्नो प्रस्तुति दिने र सहभागीहरुले उनीसँग प्रश्नोत्तर गर्न पाउने बतार्इएको छ ।
प्रकाशित: ६ चैत्र २०७४, मंगलवार