गुगलको आगामी फोन पिक्सेल ८ र ८ प्रो को प्रोडक्ट पेज र स्पेक्स लीक

  • Technology Khabar | १४ आश्विन २०८०, आईतवार
गुगलको आगामी फोन पिक्सेल ८ र ८ प्रो को प्रोडक्ट पेज र स्पेक्स लीक

काठमाडौं ।

गुगलको आगामी फोन पिक्सेल ८ सिरिजको नयाँ विवरणहरु बाहिरिएको छ। आगामी पिक्सेल ८, पिक्सेल ८ प्रो र पिक्सेल वाच २ को प्रोमो तस्बिरहरुको सिरिज भएको जनाइएको छ।

उक्त तस्बिरअनुसार दुई नयाँ फोनहरूले ७ र ७ एसँग प्रतिस्पर्धा गर्ने उल्लेख छ। यसले ८ र ८ प्रो को क्यामरा स्पेक्सको बारेमा पुष्टि गर्नुका साथै ८ मा अन्ततः अटोफोकसिङ सहितको अल्ट्रावाइड शूटर समावेश गरिने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

पिक्सेल ८ स्मार्टफोन ८ एक्स सुपर रेस जुमसम्म जान सक्षम हुनेछ भने पिक्सेल ८ प्रो ले पनि यसको ५ एक्स अप्टिकल जुम क्यामरालाई ३०एक्ससम्म जानको लागि लिभरेज गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी ८ प्रो मोडलमा थर्मोमिटर पनि सूचीबद्ध गरिएको जनाइएको छ।

यस्तै फ्रेमबाट डिस्ट्र्याटिङ्ग अब्जेक्टस् हटाउन वा ब्लरी ईमेज (धमिलो तस्बिर) लाई ठीक गर्नका लागि भनेर म्याजिक इरेजरको डिटेल्ड स्लाइड पनि रहने उल्लेख छ। यो सबै हालको जेन पिक्सेल फोनहरूमा सम्भव भएपनि फिचर तिब्रगतिमा हुने अनुमान गरिएको छ।

यस ठूलो फोटोको अर्को भाग भनेको पिक्सेल वाच २ रहेको छ। उक्त तस्बिरमा बेस मोडल सिलिकनसँग क्लासीक स्टिल ब्यान्डको साथ आगामी टाइमपीसलाई देख्न सकिने उल्लेख गरिएको छ।

नयाँ पिक्सेल ८ सिरिज र पिक्सेल वाच २ अक्टोबर ४ मा आउने अनुमान गरिएको छ।

प्रकाशित: १४ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १४ आश्विन २०८०, आईतवार