जगदम्बा मोटर्सको एक्टिभेसन अभियान

  • Technology Khabar | १ फाल्गुन २०७४, मंगलवार
जगदम्बा मोटर्सको एक्टिभेसन अभियान

काठमाडौं ।

काठमाडौं, १ फागुन । टिभिएस स्कूटर र मोटरसाइकलका नेपालका लागि एक मात्र आधिकारिक बितरक जगदम्बा मोटर्सले टिभिएस जुपिटर क्लासिकको लागि एक्टिभेसन कार्यक्रम शुरु गरेको छ ।

यो एक्टिभेसन कार्यक्रम यहि फेब्रुअरी ९ तारिखदेखि १३ तारिखसम्म विभिन्न सपिङ्गमलहरुमा आयोजना भइरहेको कम्पनीले जानकारी दिएको छ ।

एक्टिभेसन कार्यक्रम यस अघि नै बिजी मलमा ९ फेब्रुअरीमा र सिटी सेन्टरमा १० र ११ फेब्रुअरीमा आयोजना गरियो । यसैगरि सहभागीहरुले लाबीम मलमा यहि १२ र १३ फेब्रुअरीमा सहभागी हुन र क्लासिक स्टाईलको बारेमा आफ्ना अनुभव सुनाउन सक्नेछन् । सहभागीहरुले सो मल भ्रमण गरेर क्लासिकसँगको आफ्नो सम्बन्ध क्लासिक फोटोसुटका साथमा दर्शाउन सक्नेछन् र आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् ।

खिचिएको फोटो ततपश्चात जगदम्बा मोटस– टिभिएसको फेसबुक पेजमा अपलोड गरिने छ र सर्वाधिक लाइक पाउने फोटोले सिंङ्ग ब्याग तथा वालेट यहि फेब्रुअरी २० तारिख सम्ममा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: १ फाल्गुन २०७४, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार