
काठमाडौं ।
कोरियाली स्मार्टफोन उत्पादक सामसङले भारतमा ग्यालेक्सी जेड फ्लिप ५ र फोल्ड ५ उत्पादन गर्ने भएको छ। सामसङको फ्ल्यागशिप डिभाइस भारतमा १८ अगष्टमा लन्च हुने र २७ जुलाईदेखि प्रि बुकिङ सुरु भइसकेको छ।
दुबै फ्ल्यागशिप डिभाइस भारतमा उत्पादन हुने समाचारलाई पुष्टि गर्दै, सामसङ दक्षिणपश्चिम एशियाका अध्यक्ष र सीईओ जेबी पार्कले भने, “दुबै ग्यालेक्सी जेड फ्लिप ५ र फोल्ड ५ नोएडाको भारतको कारखानामा उत्पादन गरिनेछ।“
यसैबीच, सामसङ इन्डियाका वरिष्ठ उपाध्यक्ष (मोबाइल बिजनेस) राजु पुलानले भारतका ग्राहकहरूले सुरुदेखि नै ‘मेड इन इन्डिया’ ग्यालेक्सी फोल्ड ५ र ग्यालेक्सी फ्लिप ५ डिभाइसहरू प्राप्त गर्ने जानकारी दिएको लाइभमिन्टले उल्लेख गरेको छ।
उनले भने, ‘भारतका उपभोक्ताहरूले पैसाको मूल्य, महत्वाकांक्षी र समग्रमा मूल्य थप्ने उत्पादनहरू हेर्छन्। मैले यस्तो ग्रामीण बजारमा पनि देखेको छु। यदि यी उपभोक्ताहरूलाई उपलब्ध गराइयो भने, हामी नयाँ कोटिहरूको लागि बलियो स्वीकार्यता देख्छौं।’
भारतमा फोल्ड गर्न मिल्ने स्मार्टफोनहरू वार्षिक रूपमा ६५ प्रतिशतभन्दा बढी वृद्धि हुनेछन् जबकि फोल्डेबल सेगमेन्ट र सामसङको ब्रान्ड सेलेन्स र मार्केट स्टेवार्डशिपको कारणले अग्रता हुनेछ, साइबरमिडिया रिसर्च (सीएमआर) इन्डस्ट्री इन्टेलिजेन्स समूहका प्रमुख प्रभु रामले समाचार एजेन्सी पीटीआईलाई उद्धृत गरे।
ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी फोल्ड ५ को मूल्य
ग्यालेक्सी जेड फ्लिप ५ दुई मोडलमा उपलब्ध छ। वेस भेरियन्ट ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा ९९ हजार ९९९ भारु तोकिएको छ। अर्को मोडल ८ जीबी र्याम र ५१२ स्टोरेजको मूल्य १ लाख ९ हजार ९९९ भारु तोएिको छ। यो स्मार्टफोन मिन्ट, क्रिम, ग्राफाइट र लाभेन्डर कलर अप्सनमा उपलब्ध छ।
सामसङ ग्यालेक्सी जेड फोल्ड ५ तीन भेरियन्ट १२ जीबी र्याममा २५६ जीब? ५१२ जीबी र १टीबी स्टोरेजमा क्रममा १ लाख ५४ हजार ९९९ भारु, १ लाख ६४ हजार ९९९ भारु र १ लाख ८४ हजार ९९९ भारु तोकिएको छ। यी स्मार्टफोन आईसी ब्लू, क्रिम र फ्यान्टम ब्ल्याक कलर अप्सनमा उपलबध छ।
प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार