Vivo

घोषणाको सात महिनापछि, भिभो एक्स ९०एस उपलब्ध हुने

घोषणाको सात महिनापछि, भिभो एक्स ९०एस उपलब्ध हुने
Global IME Bank

घोषणा भएको सात महिना पछि, भिभो एक्स ९० एस विश्व बजार उपलब्ध हुने भएको छ। नयाँ उपकरण डाइमेन्सिटी ९२०० प्लसको रूपमा नयाँ चिपसेटको साथ सेतो र हरियो दुई नयाँ रङ विकल्पहरूमा उपलब्ध हुने उल्लेख छ।

यसबाहेक, एक्स ९० एस यसको भिभो एक्स ९० समकक्षीसँग भिजुअल रूपमा समान रहेको बताइएको छ। यसमा २८००×१२६० पिक्सेल रिजोलुसन र १२० हर्ट्ज रिफ्रेस रेट भएको ६.७८ इन्चको एमोलेड डिस्प्ले रहेको तथा सबै एक्स ९०एस मोडेलहरू यूएफएस ४.० भण्डारण र एलपीडीडीआर ५ एक्स र्याम मानकको रूपमा आउनेछन्।

पछाडिको भागमा १२ एमपी अल्ट्रावाइड लेन्स र ५० एमएम बराबरको १२ एमपी टेलिफोटो मोड्युलको साथमा ५० एमपीको मुख्य क्यामरा ९१/१. ४९ इन्च साइज, १.० पिक्सेल रहेको उल्लेख छ।

सफ्टवेयर साइडमा एन्ड्रोइड १३ को माथी भिभोको ओरीजन ओएस ३ द्वारा कभर गरिएको तथा एक्स ९० पनि १२० वाट द्रुत चार्जिंगको साथ ४,८१० एमएएच ब्याट्री समर्थन गर्ने बताइएको छ।

भिभो एक्स ९०एस पहिले नै चीनमा भिभो र साझेदार खुद्रा विक्रेताहरूबाट अर्डरका लागी उपलब्ध रहेको बताइएको छ। खुला बिक्री यहि जूनमा सुरु हुनेछ।

Sajilo Visa
easy care