हिमस्टारको सात मोडलका नयाँ राइस कुकर बजारमा

Technology Khabar ४ मंसिर २०७४, सोमबार

काठमाडौं ।

काठमाडौं, ४ मंसिर । गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ सात मोडलको राइस कुकरहरु बजारमा ल्याएको छ । राइस कुकरका मोडलहरु १ लिटरदेखि २.८ लिटरसम्म उपलब्ध रहेको छ ।

हिमस्टार राइस कुकरहरु सफा गर्न सजिलो छ भने अटोमेटिक कुकिङ्ग फंगसनका साथमा उर्जाको बचत गर्दछ । यी राइस कुकरको डिलक्स २.२ लिटरमा स्टीम गर्ने सुविधा र टफ ग्लास राखिएको कम्पनीले जानकारी दिएको छ ।

हिमस्टारका सात मोडलका राइस कुकरहरु न्यूनतम मूल्य १ हजार ७ सय ७० रुपैयाँदेखि ३ हजार रुपैयाँसम्ममा उपलब्ध कम्पनीले जनाएको छ ।

प्रकाशित: ४ मंसिर २०७४, सोमबार

तपाइको प्रतिक्रिया