नेपालीले बनाए विद्युतिय भोटिङ्ग मेसिन, निर्वाचन आयोगले अझै दिएन अनुमति

  • Technology Khabar | ३ मंसिर २०७४, आईतवार
नेपालीले बनाए विद्युतिय भोटिङ्ग मेसिन, निर्वाचन आयोगले अझै दिएन अनुमति

काठमाडौं ।

काठमाडौं, ३ मंसिर। नेपाली अनुसन्धानकर्ताहरुले बनाएको विद्युतिय भोटिङ्ग मेसिनले निर्वाचन आयोगबाट अझै अनुमति प्राप्त गर्न सकेको छैन् । नेपाली अनुसन्धानकर्ताहरु रामलक्ष्मण रिमालले स्वेदशी श्रम र सिपमा बनाएको विद्युतिय भोटिङ्ग मेसिनले आयोगबाट अनुमति नपाउँदा अझैपनि कागजी मतपत्रद्धारा मतदान गर्नुपर्ने अवस्था रहेको छ ।

नेपाली अनुसन्धानकर्ताहरु रिसालद्धयले आईतवार पत्रकार सम्मेलन गरि आयोगले अनुमति दिएमा आफैँले सम्पूर्ण खर्च बेहोर्ने गरि विद्युतिय भोटिङ्ग मेसिनको व्यवहारीक प्रयोगमा मतदान गराउने बताएका छन् ।

उनीहरुले निर्वाचन आयोगमा विद्युतिय भोटिङ्ग गर्नको लागि नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को बेलकोटगढी नगरपालिका, वार्ड नं. १२ को भृकुटी मा.वि. मतदान केन्द्रमा आवश्यक पर्ने मेसिन, त्यसको लागि आवश्यक मतदाता प्रशिक्षण र अन्य आवश्यक कुराहरुमा आयोग र सरकारलाई कुनैपनि आर्थिक भार नपर्ने गरी आफ्नै खर्चमा निर्वाचन सम्पन्न गराउने जानकारी समेत दिए ।

उनीहरुले निर्माण गरेको प्रविधि विभिन्न राजनीतिक दल, ट्रेड युनियन, विद्यार्थी संगठन, एनआरएनएलगायत ५५ वटा चुनावमा प्रयोग भईसकेको छ । मेसिनबाटै ५५ वटा निर्वाचन सम्पन गरिसकेकाले उनीहरु आफ्नो प्रविधि प्रति पूर्ण विश्वस्त छन् ।

त्यसैले उनीहरुले आसन्न निर्वाचनका लागि कुनै एक निर्वाचन क्षेत्रमा प्रविधिको प्रयोग गर्न आयोगसँग अनुमति माग गरेका हुन् । आयोगले अनुमति दिएमा नेपालमा निर्माण भएको प्रविधिको प्रयोगबाट सफलतापूर्वक चुनाव सम्पन्न गर्ने उनीहरुको दाबी छ ।

साथै, उनीहरुको प्रविधिमा कुनै प्राविधिक समस्या देखियो भने भोलिका दिनमा चुनाव गर्न लाग्ने सम्पूर्ण खर्च व्यहोर्न तयार भएको प्रतिवद्धता समेत जाहेर गरि निर्वाचन आयोगमा निवेदन दिएको रिमाल बताउँछन् ।

‘नेपालमा अहिले राजनीतिक दलको संख्या धेरै भएकाले मत हाल्दा सानो गल्तिले पनि भोट बदर हुन सक्दछ, तर हाम्रो प्रविधिको प्रयोग गरियो भने एक भोट पनि बदर हुने छैन्,’ उनीहरुले दाबी गरे ।

उनीहरुले बनाएको प्रविधिको प्रयोगबाट भोट हाल्न एकदमै सजिलो छ । मेसिनको स्क्रिनमा क्लिक गरेर भोट हाल्न सकिन्छ । र, गलत ठाउँमा भोट हालिए पनि पुन सच्याउन सकिने सुविधा प्रविधिमा छ । त्यस्तै भोट गरिसकेपछि त्यसको जानकारी पनि भोटरलार्इ स्क्रिनमा तत्काल दिन्छ ।

प्रकाशित: ३ मंसिर २०७४, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • ३ मंसिर २०७४, आईतवार