राउटरको आयात ३४ प्रतिशतले घट्यो

  • Technology Khabar | ११ बैशाख २०८०, सोमबार
राउटरको आयात ३४ प्रतिशतले घट्यो

काठमाडौं ।

नेपालमा इन्टरनेट नेटवर्कमा जोड्नका लागि प्रयोग हुने उपकरण (राउटर)को आयात घटेको देखिएको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो नौ महिनामा राउटरको आयात ३४.४२ प्रतिशतले घटेको हो।

चालु आर्थिक वर्षको चैतसम्म २ अर्ब ५५ करोड ३५ लाख ८५ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ४५ करोड ८० लाख ७२ हजार रुपैयाँको राउट आयात भएको थियो।

चालु आवको चैतसम्ममा ६ लाख ७८ हजार ८८६ यूनिट राउटर आयात भएको गत आवको सोही अवधिमा १० लाख ३२ हजार २७४ यूनिट राउटर आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

राउटर आयातबाट सरकारले ४७ करोड ६२ लाख ६९ हजार राजश्व प्राप्त गरेको छ।

यो पनि हेर्नुस्-

नयाँ राउटर किन्नुअघि यी कुराहरु जान्नुस्, पैसा बचत हुने र स्पीड पनि राम्रो हुनेछ

नेपलामा १८ ओटा मुलुकबाट राउटर आयात हुने गरेको छ।

चीनबाट सबैभन्दा धेरै २ अर्ब ५० करोड ३४ लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७३ हजार १४४ यूनिट राउट आयात भएको छ।

ताइवानबाट १ करोड ८३ हजार रुपैयाँ बराबरको १ हजार २४६ यूनिट राउटर आयात भएको छ।

हंङकगबाट ६३ लाख ६० हजार रुपैयाँ बरारबको ३ हजार १९४ यूनिट राउटर आयात भएको छ।

यो पनि हेर्नुस्-

दिनरात चल्दा वाइफाइ राउटरले कति उर्जा खपत गर्छ? मासिक बिलमा कति शुल्क थपिन्छ, जान्नुहोस्

प्रकाशित: ११ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार