
काठमाडौं ।
क्यानालिसले वर्षको पहिलो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन बजारको बारेमा आफ्नो प्रारम्भिक रिपोर्ट पोस्ट गरेको छ। प्रारम्भिक तथ्याङ्कका अनुसार, २०२३ कोपहिलो त्रैमासिकमा ढुवानी वार्षिक रूपमा १२ प्रतिशतले घटेको बताइएको छ। साथै यसपटकको उक्त गिरावटसहित यो लगातार पाँचौं त्रैमासिकमा गिरावट आएको उल्लेख गरिएको छ।
आईफोन १४ प्रो सिरिजको चासोमा आएको कमीको कारणले गर्दा सामसङले एप्पललाई उछिन्दै शीर्ष स्थान फिर्ता प्राप्त गरेको र शाओमीले धेरै बिक्री गुमाए तापनि तेस्रो स्थानमा रहन सफल भएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

उक्त गिरावट उद्योगमा पहिले नै अपेक्षित भएको विश्लेषक सन्यम चौरसियाले बताएका छन्। समष्टिगत आर्थिक अवस्थामा अलिकति सुधार भएको र कम्पनीहरूले प्रचार र अन्य मार्केटिङ गतिविधिहरूमा बढी लगानी गरेको बताइएको छ। तैपनि, उच्च मुद्रास्फीतिको कारण विशेष गरी न्यून–अन्त खण्डमा उपभोक्ता माग सुस्त रहेको उल्लेख गरिएको छ।
निरन्तर कमजोर मागले गर्दा निर्माताहरूले उत्पादन भोल्युम घटाएको उल्लेख छ। साथै तिनीहरूले अवस्थित सूची खाली गर्न खोजेकाले उत्पादन भोल्युममा कटौटी गरिएको बताइएको छ। यसले गर्दा कम्पोनेन्ट आपूर्ति श्रृंखलाको दिर्घकालनमा नकारात्मक असर पारेको उल्लेख गरिएको छ।
त्यसैगरी रफ प्याचले स्मार्टफोन विक्रेताहरूलाई उत्पादन योजना र अर्डर अप्टिमाइजेसनमा थप सक्रिय बनाएको उल्लेख छ। २०२३ को दोस्रो त्रैमासमा सुधार हुनसक्ने पहिलो संकेतको रूपमा अपेक्षा गरिएको छ। साथै धेरैजसो अवस्थित स्टकहरु बिक्री गरिएको देखा पर्ने र त्यसपछि ढुवानीहरूमा फेरि वृद्धि शुरु हुने आशा गरिएको छ।
प्रकाशित: ६ बैशाख २०८०, बुधबार