७,२५०एमएएच ब्याट्रीसहितको ह्वावे मेटप्याड ११ २०२३ आउँदै

  • Technology Khabar | ७ चैत्र २०७९, मंगलवार
७,२५०एमएएच ब्याट्रीसहितको ह्वावे मेटप्याड ११ २०२३ आउँदै

काठमाडौं ।

ह्वावेको मार्च २३ मा अयोजना हुने एक कार्यक्रममा ह्वावेले पी६० सिरिज, मेट एक्स३, र इन्जोय ६० को घोषणा गर्ने भएको छ। साथै उक्त कार्यक्रममा मेटप्याड ११ २०२३ पनि प्रस्तुत गरिने अपेक्षा गरिएको छ।

उक्त मेटप्याड ११ २०२३ को बारेमा केहि स्पेक्सहरु टिपस्टर डिजिटल च्याट स्टेशनले सार्वजनिक गरेको बताइएको छ। मेटप्याड ११ २०२३ मा १२० हर्जको अधिकतम रिफ्रेस रेटसहितको ११ इन्चको २५६०x१६००पीएक्स एलसीडी, स्न्यापड्रागन ८७० को साथमा ८जीबी र्याम, १२८जीबी वा २५६जीबी स्टोरेज समावेश गरिएको र होङमेङ ३.१ ओएस चलाउने उल्लेख गरिएको छ।

साथै जीएसएमएरिनाले एउटा अर्को सफ्ट स्क्रिन संस्करण पनि रहेको उल्लेख गरेको छ। स्टाइलस र हस्तलेखनमा फोक्स्ड रहेको उक्त डिभाइस म्याट संस्करण हुन सक्ने सम्भावना रहेको बताइएको छ। ह्वावेको मेटप्याड ११ २०२३ – बैजनी, कालो, निलो र सेतो गरेर चारवटा रङ्गहरूमा उपलब्ध हुने थप उल्लेख गरिएको छ।

प्रकाशित: ७ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार