अनलाइन साक्षरता अभियान सुरु गरौँ : गण्डकी प्रदेश मुख्यमन्त्री

  • Technology Khabar | ७ चैत्र २०७९, मंगलवार
अनलाइन साक्षरता अभियान सुरु गरौँ : गण्डकी प्रदेश मुख्यमन्त्री

काठमाडौं ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आमसञ्चार विधेयक पत्रकारमैत्री बन्नका लागि केही समय पर्खिनुपर्ने बताएका छन्। अनलाइन पत्रकार सङ्घ, गण्डकी प्रदेशको तेस्रो साधारण सभामा उनले सो कुरा बताएका हुन्।

“कानुन बनाउनका लागि मात्र बनाएर अर्थ छैन, केही समय पर्खनुहोस्। आमसञ्चार विधेयक पत्रकारमैत्री बनाउनेछौँ,” उनले भने।

मुख्यमन्त्री अधिकारीले पत्रकार पत्रकारजस्तै हुनुपर्ने धारणा राख्नुभयो। “पत्रकार विज्ञापन उठाउन जानुहुँदैन। पत्रकारको काम समाचार लेख्ने हो। आफ्नो सीमामा बसियो भने बल्ल काममा गुणस्तर आउँछ,” उनले भने। अनलाइनसम्बन्धी जानकारी सबैमा नहुँदा समस्या आएको उनले बताए।

उनले अनलाइनसम्बन्धी साक्षरता अभियान सुरु गर्नका लागि आग्रह गरे। “अनलाइन साक्षरतासम्बन्धी कक्षा सुरु गरौँ, सबैले जानकारी लिन सके पो गुणस्तर आउँछ। त्यसका लागि प्रदेश सरकार साथमा छ,” उनले भने।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पङ्गेनीले अनलाइन पत्रकारितासम्बन्धी बुझाउन आवश्यक देखिएको बताईन। उनले अनलाइन मिडिया हो भनेर धेरैलाई थाहा नभएको तर्क राखिन्।

पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले प्रदेश सरकारले बनाउने आमसञ्चारसम्बन्धी विधेयक पत्रकारमैत्री हुनुपर्ने धारणा राखे। उनले अनलाइन दर्ता प्रक्रिया निकै झन्झटिलो हुने भएकाले प्रदेशबाट त्यसको समाधान खोजिनुपर्ने बताए।

पत्रकार महासङ्घ कास्की अध्यक्ष विमला भण्डारीले अनलाइन पत्रकारिता नभई नहुने विषय भएको बताईन्। उनले अनलाइन पत्रकारितालाई व्यवस्थित र सुधारिएरलानुपर्ने बताईन्। गोरखापत्रबाट

प्रकाशित: ७ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार